बिएल संवाददाता
सभामुख देवराज घिमिरेले स्विट्जरल्यान्डको जेनेभामा आयोजित सभामुखहरूको छैटौँ विश्व सम्मेलनलाई नेपाली भाषामै सम्बोधन गरेका छन्।
सम्मेलनलाई सम्बोधन गर्दै सभामुखले अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको संकट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको बताएका छन्।
उनले समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए। उनले वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नै पर्ने भनेका छन्।
उनले भने, ‘हामीले महिला, युवा र आदिवासी समुदाय जस्ता न्यून प्रतिनिधित्व भएका समूहहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। यस प्रयासमा सांसदहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ। आउनुहोस्, हामी सबै शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ।’
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया