बिएल संवाददाता
सभामुख देवराज घिमिरेले स्विट्जरल्यान्डको जेनेभामा आयोजित सभामुखहरूको छैटौँ विश्व सम्मेलनलाई नेपाली भाषामै सम्बोधन गरेका छन्।
सम्मेलनलाई सम्बोधन गर्दै सभामुखले अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको संकट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको बताएका छन्।
उनले समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए। उनले वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नै पर्ने भनेका छन्।
उनले भने, ‘हामीले महिला, युवा र आदिवासी समुदाय जस्ता न्यून प्रतिनिधित्व भएका समूहहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। यस प्रयासमा सांसदहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ। आउनुहोस्, हामी सबै शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया