बिएल संवाददाता
नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दोषी नदेखिएपछि नैतिकता देखाएको भन्दै तारिफ गरेका छन्।
कर्णले कुलिङ अफ पिरियडमा भएको गडबडी अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदनले प्रमुख दोषी नदेखाएपनि सभापति खतिवडाले नैतिकता देखाउँदै राजीनामा दिएको भन्दै प्रशंसा गरेका हुन्।
उनले कुलिङ पिरियडको प्रावधान छेडखानी सत्तारुढ एमाले र स्वार्थमा लिप्त कर्मचारीहरूले गरेको दाबी गर्दै यस्तो कु-कृत्यमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन्।
उनले रामहरि खतिवडाबाट अन्य कांग्रेसी नेता र अन्य दलदेखि लोभी-पापी कर्मचारीसम्मले नैतिकताको पाठ सिक्नुपर्ने बताए।
कर्णले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुलिङ अफ पिरियड‘ सार्वभौम संसदमाथि गरिएको कृत्यमा को कति जिम्मेवार भन्ने कुरा छानबिन प्रतिवेदनले रामहरि खतिवडालाई प्रमुख दोषी किटान नगरेको अवस्थामा पनि नैतिकता देखाएर राजिनामा दिनुले कांग्रेसभित्र केही निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता अझैं बाँकि छन् भन्ने पुष्टि गर्छ। सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले र स्वार्थमा लिप्त सिंहदरबारमा भागदौड गर्ने कर्मचारीको मिलेमतोमा गरिएको यो कु-कृत्यमा संलग्नमाथि कानुन बमोजिम कडा कार्वाही होस्। खबरदार: सार्वभौम संसदमाथि छलकपट कृत्य गर्ने कोही उम्किने कुरा स्विकार्न सकिदैन। माननीय रामहरि खतिवडाबाट अन्य कांग्रेसी नेता र अन्य दलदेखि लोभी-पापी कर्मचारीसम्मले नैतिकताको पाठ सिक्ने शुभ-ज्ञान प्रदान होस्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया