महेश चौलागाईं
प्रेस युनियन जुम्लाका अध्यक्ष तथा पत्रकार महासंघ जुम्लाका सचिव प्रकाश उपाध्याय महासंघकै निर्णयविरुद्ध उभिएका छन्।
पत्रकार महासंघ जुम्लाले जिल्लाभित्रका उत्कृष्ट पत्रकारलाई दिदै आएको पुरस्कारको यो वर्षको निर्णयमा उपाध्यायले विरोध जनाएका हुन।
उनले पुस्कारमा वितरण गर्ने निर्णयमा आफूलाई बाहिर राखेर निर्णय गरिएको आरोप लगाउँदै आपत्ति जनाएका छन्।
सचिव उपाध्यायका अनुसार आफू उपस्थित नरहेकै दिन बैठक बोलाएर गरिएको निर्णय गलत र बदनिययतपूर्ण रहेको भन्दै तत्काल सच्याउन माग गरे।
उपाध्यायले चेतावनी दिंदै भनेका छन्, ‘यदि यस्तो निर्णय तत्काल सच्याइएन भने नेपाल पत्रकार महासंघभित्रको जिम्मेवार संगठनको हैसियतमा प्रेस युनियन यसको विपक्षमा उभिनेछ।’
उनले सहकर्मी पत्रकारप्रति पूर्वाग्रही नभई आपसी विश्वास र पारदर्शिताको आधारमा अघि बढ्न आग्रह गरेका छन्।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया