बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि संस्था गतिशिल नभए त्यसले प्रगती गर्न नसक्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षीक समिक्षा गोष्ठीमा उनले संस्था बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए।
उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरूको औसत उमेर नै ५५ देखि छ। यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला? जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन। थाकेका रिटाएर हुन लागेका मान्छेहरूको मात्र जमात भएको संस्थाले कसरी सजीवन प्राप्त गर्न सक्छ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशिल भइरह्यो भने मात्र काम दिन्छ। जमेर बसेको छ भने लेउ लागेर बस्छ। लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्दैन।’
यस्तै, उनले सबै सरकारी स्वामित्वको निकायहरूको अवस्था एउटै भएको जिकिर गर्दै यसलाई सुधार गर्नुपर्ने बताए।
उनले भने, ‘म धेरै ठाँउमा जान्छु सबैको अवस्था त्यस्तै छ। टेलिकम्युनिकेसन अवस्था त्यस्तै छ। रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ। गोरखापत्र त बाँडेर खाने मात्र हो। सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो। आफैं मेहेनत गरेर होइन। हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो। हुलाकको लागि तपाईंहरूले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस। यसमा धेरै सम्भावना देखेको छु।’
नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ।
उनले भने, ‘कुनैपनि संस्थाको विकासको लागि पहिलो कुरा त्यसको नीतिले संस्थाको उद्देश्य, लक्ष्य, कार्यक्रमहरू निर्धारण गरेको हुनुपर्छ। नयाँ परिस्थिती अनुसार नयाँ नीति आवश्यक हुन्छ। हुलाकको अहिलेसम्म नयाँ नीति छैन, त्यसकारण यो वर्ष हुलाकको नीति ल्याउँदैछौं। नीति मात्र होइन नयाँ कानून बनाउदैँ छौं। त्यसकारण सुधारको सुरुवात नै नीतिबाट हुन्छ। पुनसंरचित संस्थाको लागि नीतिमा सुधार पहिलो कुरा हो।’
उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुनसंरचना भएको हुनाले पुनसंरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया