बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर झाँको झारेका छन्।
उनले कर्मचारीहरूले काम नगर्दा नेता र मन्त्रीहरूले गाली खानुपरेको भन्दै आक्रोश पोखे।
रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुवै कम्पनीका कर्मचारीसहित कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ‘तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन्।
सोही क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताए।
उनले भने, ‘किसानले किन ’मल पाएनौं’ भनिरहेका छन? यो गुनासो तत्काल सम्बोधन होस्। ‘तपाईंहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन। तर, गाली तपाईंहरूको संस्थाले खाएको छैन। तपाईंहरूको संस्था चुप लागेर बसेको छ। गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भने।
सोही विषयमा ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ। हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ।’
उनले आफु प्रधानमन्त्री हुने वित्तिकै मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको तर त्यो अनुसार हुन नसकेको भन्दै आक्रोश पोखे।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया