बिएल संवाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै लागि विधान संशोधन गर्नुपर्नेको प्रष्ट पारेका छन्।
मानव अधिकार एलायन्सका इन्चार्जसमेत रहेका रिजालले मंगलबार वीरगन्जमा आयोजित संगठनको कार्यक्रममा बोल्दै ओलीलाई तेस्रो कार्यकाल बनाउनकै लागि विधानको कतिपय व्यवस्था संशोधन गरिएको बताए।
उनले एमालेभित्र के गर्ने भन्ने कुरा एमालेको आन्तरिक विषय भएकाले अरुले चासो दिइरहनु नपर्ने बताए।
उनले भने, ‘एमालेमा नेतृत्व बदल्नु पर्छ कि पर्दैन भन्ने कुरा एमालेको आन्तरिक विषय हो अरूको होइन। के गर्ने भन्ने कुरा एमालेले गर्ने हो। एमालेलाई महसुस भयो कि केपी शर्मा अोलीकै नेतृत्व एक पटक आवश्यक छ। मोही माग्ने ढुंग्रो लुकाउने आवश्यक छे, उहाँलाई फेरि अध्यक्ष बनाउनकै लागि विधानको ७० वर्षे व्यवस्था हटाएका हौं।’
उनले २ कार्यकालको व्यवस्था डा. पुष्प कँडेललाई लेखा आयोगको तेस्रो पटक अध्यक्ष बनाउने बेलामै १०औं महाधिवेशनमै हटाइसकेको उल्लेख गर्दै केही नेताले विधान देखाएर टिभी र अनलाइनमा दिइरहेको गफ ‘चियाको कपमा तुफान’ मात्र भएको टिप्पणी गरे।
उनको यो अभिव्यक्ति यस्तो बेला आएको छ जुन बेला पार्टी महासचिव शंकर पोखरेल व्यक्तिमा केन्द्रीत नभइ पार्टीको आवश्यकताअनुसार विधान संशोधन गरिएको दाबी गरिरहेका छन्। पार्टी अध्यक्ष ओलीको प्रिय हुने दाउमा महासचिवकै भनाइलाई चुनौती दिइरहेका छन्।
रिजालको भनाइलाई लिएर पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट नेताहरूले ‘लाहुरेभन्दा गुण्डा उफ्रिने प्रवृत्ति’ एमालेभित्र मौलाउँदै गएको टिप्पणी गरेका छन्।
केपी ओलीनिकट देखिएर लाभ लिन पल्किएका विष्णु रिजालजस्ता मानिसहरू व्यक्ति पूजामा लागेको उनीहरूको आरोप छ।
विद्या पक्षका एक नेता भन्छन्, ‘यी (विष्णु रिजाल) त्यस्ता पात्र हुन् माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार थिए। नेकपा विभाजन ताका माधव-प्रचण्डतिर लागेर केपी ओलीलाई ‘दुनियाँकै गफाडी’ भन्थे।’
उनका अनुसार एकसमय विद्या राष्ट्रपति हुँदा पार्टी उपाध्यक्ष विष्णु पौडेल र नेता रिजाल एकाबिहानै शितल निवास धाउने गर्थे। तर अहिले उनै रिजाल ओलीको पक्षमा खरो उत्रिँदै विद्याविरुद्ध विषवमन गर्दै हिँडेका छन्।
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया