बिएल संवाददाता
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार युवा शक्ति भएकाले उनीहरूप्रति देशले नै आश गरेको बताइन्।
नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्नसक्ने उनले बताइन्।
युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन्।
मन्त्री राणाले ‘युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो’ भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, ‘म युवाहरू विदेश जानै हुँदैन भन्ने पक्षमा छैन। विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ। सबै मिलेर देशको विकास गर्नुपर्छ।’
स्वदेश फर्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री राणाले युवाहरूको यो अग्रसरतामा सरकारको सधैं साथ र सहयोग रहने स्पष्ट गरिन्।
राणाले नेपालीहरूले संसारमा नै परिश्रमी र इमान्दारको पहिचान बनाएको बताउँदै मन्त्री यसलाई पनि पुँजीका रुपमा लिनुपर्ने धारणा राखिन्।
उनले देशका युवाहरुलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिइन्।
उनले भनिन् ‘अहिले धेरै युवाहरू टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ। तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस्। जीवनमा नकारात्मकता फैलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरूको जीवनमा कुनै राम्रो उर्जा दिँदैन।’
फाउन्डेसनले विगत लामो समयदेखि नेपालका विपन्न तथा अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको सम्बोधन गर्दै व्यावसायिक सीप सिकाउँदै आएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया