शुक्रबार, १५ अगस्ट २०२५

स्वदेश फर्किनुअघि भारतीय विदेश सचिवले भेटे अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै

तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए। संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे  बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपेन्द्र यादवकाे ६१ बुँदे प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतीय प्रणालीकाे व्यवस्था गराैँ (पूर्णपाठ)

उनले समावेशी तथा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडलगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्नेमा जाेड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कांग्रेस बैठकमा शेखरकाे धारणा- संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काइरहेको छ (पूर्णपाठ)

‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन। तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काईरहेको छ। हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ?’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनार्दन शर्माकाे प्रस्ताव- प्रचण्ड संरक्षकको भूमिकामा रहनेगरी नेतृत्व हस्तान्तरण गराैँ (पूर्णपाठ)

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने’, उनकाे प्रस्तावमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छ: मन्त्री सिंह

शनिबार काठमाडौं क्षेत्र नं. १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार पनि बस्दै। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको स्थायी कमिटी बैठकका लागि ४ एजेण्डा तय, भोलिबाट छलफल सुरु हुने

उनले भने, ‘अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो। एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विभिद थियो। आज ती एजेण्डाहरु मध्य अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी समितिको बैठक बस्दै

स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारीले स्थायी समितीका एजेन्डा तय गर्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस बैठकमा अमरसिंह पुनकाे धारणा- नेतृत्वकाे निरङ्कुश कार्यशैलीले प्रदेश संरचना कमजोर बन्छ

उनले संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएकाे समेत दाबी गरेकाे छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ। बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री पाण्डेको निर्देशन– ‘भेटघाट र कार्यक्रम बन्द गरेर हवाइ सुरक्षामा ध्यान दिऔं’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६ वटा संसदीय समितिका बैठक बस्दै

संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिकाे बैठक बस्दैछ।  संघीय संसद सचिवालयका अनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेसको बैठकमा ११ एजेण्डा छलफलका लागि पेस

उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए। ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ। पहिलो विषय छ। केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलिबाटै हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टहरु मिलेर मिलेर माओवादीलाई लखेट्ने प्रपञ्च रचेः प्रचण्ड

उनले भने, ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराएँ र ती भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं