बिएल संवाददाता
कांगेस नेता भरतप्रसाद चौंलागाईंको जन्मदिन भव्य रुपमा मनाइएको छ।
गगन थापा प्रमुख अतिथि रहेको बर्थडे समारोहमा एकैपटक ४० बढी केक काटियो। रामेछापका नेता चौलागाईं कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
चौलागाईंको जन्मदिनका लागि पार्टीको डण्डासहित विशेष रुपमा थरिथरीका केकहरू सजाइएका थिए। महामन्त्री थापाले समेत केक काटेर नेता चौलागाईंलाई शुभकामना दिए। थापाले केक काटेपछि नेता चौलागाईंले भकाभक एकएक गर्दै सबै केक काटे।
जन्मोत्सव समारोहमा कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो।
पछिल्लो समय प्रहरीले भड्किलो रुपमा जन्मदिन मनाउनेहरूमाथि निगरानी बढाएको छ। गत महिना चक्रे मिलनको जन्मदिन यसैगरी भड्किलो रुपमा मनाइँदा ५० बढी चुल्ठे मुन्द्रेहरू समातिएका थिए।
तर, कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाको उपस्थितिमा भड्किलो रुपमा नेताको जन्मदिन मनाइएको भिडियो भाइरल भएपछि प्रहरीले के गर्छ? हेर्न बाँकी नै छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया