पोखरा विमानस्थलको अनियमितता ‘अध्ययन प्रतिवेदन’ अख्तियारमा पठाउने लेखा समितिको निर्णय
सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले सो निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ।’
बिएल संवाददाता - काठमाडौं