बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नु भन्दा लडाई लडेर लिनुपर्ने बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन्।
उनले जसपा नेपाल पार्टी दलितको हकहितका लागि संघर्षरत रहेको र अगाडि पनि संघर्ष जारी राख्ने बताए। उनले आफूहरूको लडाईमा दलित समुदायलाई साथ दिन आग्रह गरे। उनले अहिलेको परिस्थितीमा रोएर बसे भने अधिकार प्राप्त नहुने बताउँदै सबैले लडेर अधिकार प्राप्ति गर्नुपर्ने जनाए।
अध्यक्ष यादवले लोकतन्त्रमा सबै जनाले समान अधिकार पाउने पर्नेमा देशमा अहिले पनि जाती र समुदायहरूका बीच विभेद कायम रहेको बताउँदै जनता समाजवादी पार्टीले यस परिस्थितीलाई चिरेर सबैलाई समान अधिकार दिलाउने जानकारी दिए।
नेपालमा सबैभन्दा बढी जनसंख्या दलित समुदायको भए पनि अधिकारमा भने सबै भन्दा पिछडिएको दलित समुदाय नै रहेको उनले बताए।
यादवले सबै दलितलाई संगठित भई जसपा नेपालको संघर्षमा साथ दिन आह्वान गरे। उनले मधेश र मधेशमा बसोबास गर्ने सबै जातजाती र समुदायले अधिकार प्राप्त नगरेसम्म आफूहरू लडिरहने बताए।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया