बिएल संवाददाता
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहर"प्रति आपत्ति जनाएको छ।
भदौ ११ गते ओलीले बालुवाटारमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए।
उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको हो।
सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक प्रशिक्षण वा निर्णयात्मक बैठक नभइ महाधिवेशन प्रतिनिधिसँग सामान्य भेटघाट र विचार आदान-प्रदानको उद्देश्यले आयोजित गरिएको थियो।
कार्यक्रममा पार्टीको ऐतिहासिक पृष्ठभूमि, पछिल्लो समय लिइएको नीति, सरकारको कामकारवाही, तथा पार्टीको केन्द्रीय निर्णयहरूबारे अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए।
भेटमा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी व्यक्त गरेको भनिएको- एमालेमा मलाई धक्का दिन विद्याबाहेक कसैको दम छैन, भन्ने अभिव्यक्ति असत्य, भ्रामक र उद्देश्यपूर्ण ढंगले सार्वजनिक गरिएको सचिवालयले स्पष्ट पारेको छ।
प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति भण्डारीप्रति आफूले गरेको सम्मान र माया अरू कसैले नगरेको उल्लेख गर्दै उनको पछिल्लो गतिविधिप्रति आश्चर्य व्यक्त गरेका थिए।
पार्टीको औपचारिक प्रक्रिया नअपनाई मिडिया तथा अन्य दलका नेतासँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्किन खोजिएको विषयले पार्टीमा भ्रम सिर्जना भएको ओलीको भनाइ रहेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले उक्त भेटघाट कार्यक्रममा भएका विषयवस्तु यथार्थपरक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मी, विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गर्दै यस्ता भ्रामक समाचारप्रति सचेत रहन अनुरोध गरेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया