बुधबार, ०५ नोभेम्बर २०२५

सिंगो राज्यशक्ति रवि लामिछानेमाथि खनिएको छः स्वर्णिम वाग्ले

नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भीषण आक्रमणबाट गुज्रिरहेको महशुस भएको बताए। चौथो चरण अस्तित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग्विजय रहेको र आफूहरू चौैथो चरणमा जान पूर्ण रुपमा आत्मविश्वासकासाथ अगाडि बढेको बताए। उनले नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन गरी सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण गरेर ठिक गर्नुभयो तर…

सरकारले रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको डण्डा चलाएकोमा स्वागत गर्दै अब हरू नेताहरूको पनि सम्पत्ति शुद्धीकरण हुनुपर्ने माग गरे। उनले भने, ‘रवि लामिछानेको सम्पत्ति छानबिन हुनु हुन्न, शुद्धीकरण हुनुहुन्न भन्ने होइन। ठिक गर्नुभयो। तर, अब हामी अरु नेताको गर्नुपर्ने कि नपर्ने? प्रधानमन्त्रीको, प्रधानमन्त्रीको वरपरका मानिसको गर्नुपर्ने कि नपर्ने? अरु पार्टीका नेताहरूको गर्नुपर्ने कि नपर्ने? गरौँ न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा ओलीको गर्जन- ‘कसैको दम छ भने मैले भ्रष्टाचार गरेको एउटा तथ्य ल्याओस्’

उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्‍याए। उनले आफूले भ्रष्टाचार गरेको प्रमाण ल्याउन चुनौतीसमेत दिए। उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्न चाहन्छु- म भ्रष्टाचार गर्दिन, गर्न पनि  दिन्न। कसैको दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा कुनै पनि ठाउँमा कुनै पनि सन्दर्भमा एउटा कुरा ल्यावस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ महिनामा सरकारको मुल्यांकन हुँदैन, परिणाम भविष्यमा देखिन्छः देउवा

यस्तै उनले कुनै सरकारको मुल्याङ्कन गर्नको लागि ६ महिनाको समय पर्याप्त नहुने भन्दै यद्यपि यस अवधिमा सरकारले गरेको राम्रा कामको भविष्यमा असल परिणाम देखिने धारणा राखे। लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिएतापनि आर्थिक अवस्था सुदृढ हुन नसकेको कारण परिणामस्वरुप विकास वा समृद्धिको यात्रा चाहनाअनुरुप अगाडि बढ्न नसकेको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले सुनेनन् रास्वपाको कुरा, स्वर्णिम बोल्न लाग्दा उठेर हिँडे एमाले सांसदहरू

शुक्रबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा रास्वपा सांसद स्वर्णिम वाग्लेले बोल्न लागेपछि प्रधानमन्त्री ओलीसहित केही एमाले सांसदहरू सदनबाट बाहिरिएका छन्। यसअघि सभामुखले बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशको विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डललाई मात्र छ- योगेश भट्टराई

उनले अन्य दल कुनै न कुनै समयमा सरकारमा र अध्यादेशको प्रक्रियामा सहभागी भएकोले विरोध गर्नु नौटंकी मात्र भएको बताएका हुन्। उनले भने, ‘मलाई के लाग्छ भने यो संसदमा कसैले अध्यादेशको विरोध गर्ने अधिकार राख्छ भने जम्मा दुई जना माननीय प्रेम सुवा र योगेन्द्र मण्डलले मात्र राख्नुहुन्छ। उहाँहरूको आजसम्म सरकारमा सहभागिता छैन। त्यसदेखि बाहेक कुनै पनि दल कुनै पनि माननीयले अध्यादेशको प्रक्रियाको बारेमा विमती राख्नु नौटंकी मात्र हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले किन गर्‍यो १५ मिनेट संसद बैठक बहिष्कार?

उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरू छन्। जुन हामी राख्न चाहन्छौं भनेर सभामुखसँग समय माग गरेका थियौं। उहाँले हामीलाई समय दिनु भएन। त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं। १५ मिनेट पूरा भयो हामी जान्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई हेर्दै ओलीले भने- अब सत्तापत्ता खेलिरहने अवस्थाको बन्ध्याकरण भयो

शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले,  विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरूको लागि यस्तो खबर दुखद् हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८० को दशक समृद्धिको दशक हुनुपर्छ- प्रधानमन्त्री

ओलीले विगतका दशक द्वन्द्व र शान्ति स्थापना तथा भूकम्प र पुनर्निर्माणमा खर्चिएकाले अब मुलुक समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए। उनले भने, ‘यस दशकलाई खेर नफालौं। अबको दशकलाई विकासको दशक बनाउँन देशलाई स्थिरता दिऔं। यसको लागि हामीले संविधान, ऐन र कानुनमा जहाँ जे संशोधन र परिवर्तन गर्नुपर्छ, हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि संसदमै फर्किए रास्वपा सांसदहरू

प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुखले बोल्न समय नदिएको भन्दै संसद बैठक बहिष्कार गरेका रास्वपा सांसदहरू फेरि संसदमै फर्किएका छन्। रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समग माग गर्दा सभामुखले समय नदिएपछि उनीहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सांसदले बहिष्कार गरे संसद बैठक

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक रास्वपा सांसदले बहिष्कार गरेका छन्। सभामुखले रास्वपा सांसदहरूको अवरोधका बीच सदन चलाएपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निलम्बन फुकुवा गर्न सिंहदरबार पुगेका रविलाई सभामुखकाे प्रश्न–तपाईंविरुद्ध मुद्दा चलेको होइन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकबाट सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्। सभामुख घिमिरेसँग भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका रविले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा सांसदलाई रविको निर्देशन: अध्यादेश र ओलीको विरोध गर्नू

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सांसदहरूलाई बोलाएर संसद्मा आजै टेबुल गर्न लागिएको ‘अध्यादेश’ र अध्यादेशबाट सत्ता चलाउन पल्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविले भेटे सभामुखलाई

राष्ट्रिय स्वतन्त्र पार्टीका ‘निलम्बित सांसद’ रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।  रास्वपा स्रोतकाअनुसार संसद्को हिउँदे अधिवेशन चल्नुअघि नेता लामिछानेले सभामुख घिमिरेलाई भेटेर ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ थमाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखलाई समय माग्दै ‘सिंहदरबार’ छिरे रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछाने ‘सांसद पद निलम्बन फुकुवाको निवेदन–पत्र’ बोकेर सिंहदरबार छिरेका छन्। संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसोदेखि शुरु हुँदैछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

संघीय संसद्को हिउँदे अधिवेशन दिउँसो १ बजे हुँदैछ।  अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका प्रमुख नेताहरू सम्बोधन गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले जनाएको छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बस्नेछ।  बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल हुनेछ। आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान संशोधन एमाले-कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने, ‘त्यो बेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो। त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगलाई कारबाही गर्दा रास्वपा समाप्त पार्न खोजेको प्रचार गरियो- प्रदीप ज्ञवाली

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा ‘रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम’ भन्दै प्रचार भएकोमा आपत्ति जनाए। उनले  भने, ‘हामीले  राजनीतिक दिशा परिवर्तन गर्‍यौं, २०७९ को निर्वाचनको  नतिजा जनताले  सोचेजस्तो  आएन। देशले  एउटा बलियो  स्थिरता खोजेको  हो।  ठगीलाई जोगाउन सरकार बनेको होइन, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ। तर गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं