बिएल संवाददाता
जेन-जी अभियन्ताहरूले अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको बताएका छन्।
बिहीबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको पहिलो माग संसद विघटन रहेको बताए।
जिल्ला प्रशासन कार्यालयमा जेन-जी प्रदर्शनको अनुमति लिन गएका अभियन्ता पुरुषोतम यादवले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सबै जेन-जीले समर्थन गरेको र आफूहरूको पहिलो माग संसद विघटन रहेको बताएका छन्।
अर्का अभियन्ता प्रदीप पाण्डेले जेन-जी युनाइटेड रहेको र सिस्टम कसरी बनाउने भन्नेमा विश्वास गर्ने बताए। उनले पुराना दलहरूले आफ्ना विद्यार्थी नेताहरूलाई जेनजी भन्दै आफूहरूको आन्दोलन भाँड्न पठाएको दाबी गरे।
अर्की अभियन्ता प्रेरणा अधिकारीले भनिन्, ‘आन्दोलनका क्रममा भएको हानीको पक्ष हामी लिदैनौं। हामी सबै जेन-जी एकीकृत हौं पार्टीका भरौटेहरूलाई जेन-जी भनेर हामी मन्दैनौं। अब आर्मीसँग गर्ने वार्ता पनि लाइभ गर्नुपर्छ। अब हुने हरेक काम पारदर्शी हुनुपर्छ।’
आफ्नो नाम उल्लेख नगरेका अर्का अभियन्ताले भने, ’नेपाली जनताले वर्षौंदेखि भ्रष्टहरूले आफूलाई शासन गरेको सह्य नभएर आज जेन-जी पुस्ताले यो देशको सत्ता आफ्नो हातमा ल्याएको छ। युवाको हातमा आएको छ। यो देशका भ्रष्ट नेताहरूलाई, अन्तर्राष्ट्रिय चलखेल गर्ने विभिन्न दलालहरूलाई हामी भन्न चाहन्छौं जेन-जीको नेतृत्वमा हुन्छ।’
सबै जेन-जीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेको र मिडियामा आएका कुराहरू भ्रामक रहेको दाबी गरे।
‘हामीले पटक-पटक भनेका छौं, यहाँ विभिन्न स्वार्थ समूहरूले जेन-जीको अनुहार देखाउँदै सैनिक अड्डामा बार्गेनिङ गर्न गएको देखिन्छ, उनले भने, ‘यो देशमा अहिले को नेता हुने भन्ने समय होइन। देशमा शान्ति कसरी स्थापना गर्ने? अहिले यो देशमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका ध्वस्त छ, त्यसको चिन्ता गर्ने हो। यो देशको सीमानामा विदेशी हस्तक्षेपहरू बढिरहेको छ। यो देशमा नारीहरू असुरक्षित बनिरहेका छन्, जनताहरू असुरक्षित भइरहेको अवस्थामा हामीले एकजनालाई नेता मान्नुपर्ने अवस्था छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया