बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन-जीको बलिदानलाई धोका दिन नहुने बताएका छन्।
सेनाले समेत जेन-जी आन्दोलनका स्टेकहोल्डर मानेका प्रसाईंले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्ने भनेका छन्।
सेनाले हिम्मत नगरे ‘हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले पोल्नेछ, हाम्रै पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइँ नहुने दिन आउन सक्ने’ दाबी गरेका छन्।
उनले भनेका छन्, ‘श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह र नेपाली सेनाले यो देशलाई एकीकरण गरेका हुन्। त्यसैले आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ।’
प्रसाईंले संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको र नयाँ संविधानमार्फत नै नयाँ व्यवस्था जन्माउने जिकिर गरेका छन्।
यस्तो छ प्रसाईंको भनाइ–
"Gen-Z को बलिदानलाई धोका दिन पाइँदैन।
संविधान यही? संसद यही? राष्ट्रपति यही? व्यवस्था यही?
यदि सबै यही हो भने आन्दोलन किन गरियो?
ति कलिला बच्चाको हत्या किन भयो?
५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो?
जेन-जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने?
हिजो पनि पश्चिमहरुको डिजायनमा नयाँ संविधान घोषणा भयो —
हिन्दु राष्ट्र गयो, मुलुक धर्मनिरपेक्ष बनाइयो, र सबैले मिलेर राज्य लुटे।
श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह र नेपाली सेनाले यो देशलाई एकीकरण गरेका हुन्।
त्यसैले आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ।
राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर
सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ।
नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ,
हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ।
समय छ — सबैले अहिले नै सोच्नुपर्छ।
संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता दिएका छैनन्,
नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएका छन्।"**
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया