बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनकारीहरूको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले नेपाली कांग्रेस पार्टी जेनजीहरूले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए।
उनले भने, ‘यो बेला जेन-जी आन्दोलनकारी साथीहरूले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ। अन्तरिम सरकार बनाउने कुरा छ, आज साँझसम्म त्यो कुरा पनि टुङ्गो लाग्न सक्छ। आन्दोलन गर्ने साथीहरूले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली काङ्ग्रेस पार्टी तयार मात्र होइन यसको लागि आवश्यक वातावरण पनि बनाइरहेको छ।’
यस्तै, उनले कांग्रेस पार्टीमा रहेका सबै कार्यकर्ताहरूलाई आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गरेका छन्।
उनले भने, ‘अहिले नेपाललाई एउटा हिलिङ चाहिएको छ। सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ। कांग्रेस पार्टीको जिम्मेवारी हो किनभने राष्ट्रिय शक्ति हो। त्यसकारण म पार्टीका साथीहरूलाई आह्वान गर्छु। जो जहाँ हुनुहुन्छ आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न चाहन्छु।’
उनले भदौ २३ र २४ गते भएको घटनाबाट आकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले पार्टीको अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए। उनले अब कांग्रेस पूरै फेरिएर जेन-जीसहित सबैको सर्वस्वीकार्य बन्नुपर्ने भनेका छन्।
उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। तपाईं र म सरकारमा थिएनौं। तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ। ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ। भदौ २४ गते यति ठूलो क्षति भएको छ जसको कसैले आकलन गर्न सक्दैँन।’
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया