बिएल संवाददाता
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा जेन-जी र पुराना दलहरू एकमत देखिएका छन्।
अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। उनले पुराना दलका शीर्ष नेतादेखि जेन-जीले प्रधानमन्त्रीमा अघि सारेका सुशीला कार्कीसँग छलफल गरेका थिए।
सुशीला कार्की प्रधानमन्त्रीका लागि तयार भए पनि संसद विघटन नभएसम्म संसद बाहिरको मान्छे प्रधानमन्त्री नियुक्त हुन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षमा पुगेन।
पुराना दलहरूले पनि संवैधानिक परिधिमा संसदबाटै प्रधानमन्त्री नियुक्त गर्ने, बरु सुशीला कार्कीलाई संसदको सदस्य बनाएरै भए पनि प्रधानमन्त्री नियुक्त गर्न सकिने अडान लिएका छन्।
जेन–जीले भने संसद विघटन नै प्रमुख माग बनाएका छन्। जसले प्रधानमन्त्री नियुक्तिमा ठोस निर्णय हुन सकेको छैन।
आज फेरि राष्ट्रपतिले प्रधानमन्त्री अघि सारिएकी सुशीला कार्कीलगायत जेन–जी अभियन्तासँग वार्ताको तयारी गरेका छन्।
सम्भवत आजै नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना रहेको शितल निवास स्रोत बताउँछ। शितल निवासमा नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृहमन्त्रालय लगायत निकायहरूलाई निर्देशन भइसकेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया