
बिएल संवाददाता
सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ। पार्टीभित्र सरकारबाट बाहिरिने पक्षमा व्यापक दवाब सुरु भएको छ।
सोमबार जेन-जी आन्दोलनमा सरकारको दमनपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सत्ताबाट बाहिरिने विषयमा व्यापक कुरा उठेको छ।
सम्भवतः भोलि नै कांग्रेसले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्दैछ। गृहमन्त्री रमेश लेखकले पदाधिकारी बैठकको निर्देशनबमोजिम पदबाट राजीनामा दिइसकेका छन्। अब सरबारबाट पनि बाहिरिनुपर्ने विषय जोडतोड्ले उठ्न थालेको हो।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले एक विज्ञप्ति जारी गर्दै तत्काल सरकारबाट बाहिरिने निर्णय गर्न र केन्द्रीय कमिटी बैठक आह्वान गर्न माग गरेका छन्। सरकार जनताको ज्यान-धन जोगाउन पूर्ण असफल भएकोले सरकारमा बस्नुको औचित्य सकिएको उनको निष्कर्ष छ।
कांग्रेसका केन्द्रीय समिति सदस्यहरू, नेविसंघका संस्थापन इतरका नेताहरू पनि सरकारबाट बाहिरिनुपर्नेमा एकमत देखिएका छन्।
यता चीन भ्रमणमा रहेका नेता शेखर कोइरालाले पनि तत्काल सरकारबाट बाहिरिनुपर्ने सन्देश पठाएका छन्।
कोइरालाको सन्देश छ, ‘अब पनि सरकारमा बसिरहनु भनेको कांग्रेस सक्किनु हो। कांग्रेसले तत्काल निर्णय गरोस्, यो घटनाको नैतिक जिम्मेवारी लिँदै जनतासँग माफी मागोस् र तत्काल सरकारबाट बाहिरियोस्।’
एक हप्ते भ्रमणका लागि हिजो मात्रै चीन गएका कोइराला पछिल्लो घटनाक्रमपछि भोलि नै नेपाल फर्किँदैछन्।
महामन्त्री गगन थापाले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुको आवश्यकता नरहेको बताएका छन्।
‘जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठूला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन,’ जेन-जीमाथि सरकारको क्रुर दमनपछि थापाले वक्तव्यमार्फत भनेका छन्, ‘यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया