बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले निजी क्षेत्रको लगानी पनि राज्यकै लगानी भएको बताएका छन्।
शनिबार विनायक शिक्षा निकेतन इंङ्गलिस सेकेण्डरी स्कुलको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य, उद्योग या कुनैपनि व्यवसायमा सम्भव नहुने पनि बताए।
उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै निजीलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए।
सांसद थापाले जुन देशमा निजी क्षेत्रहरू सफल भएका छन् ती राष्ट्रहरू विकसित भएको दाबी गर्दै सरकारले शिक्षा विधेयकमा निजी विद्यालयहरूको मागलाई सम्बोधन गर्न आग्रह गरे।
‘वास्तवमा शिक्षा स्वास्थ्य र रोजगारी सरकारले नै सिर्जना गर्नुपर्ने थियो। निःशुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारी राज्य वा सरकारले गर्नुपर्ने हो। तर राज्यको ध्यान पुगेको छैन। विद्यालय शिक्षा ऐनले निजी विद्यालयलाई बेवास्ता गरिरहेको अवस्था छ,’ उनले भने, ‘आन्दोलनमा रहेका निजी विद्यालयहरू राज्यकै लगानी भएकाले राज्यको आँखाबाट हेर्नुपर्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया