बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमाथि तीव्र आलोचना गर्दै ‘लुटतन्त्रको संरक्षणमा जुटेको’ आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) मजदुर जिल्ला कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हालको सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरू अघि बढाएको आरोप लगाए।
‘अहिलेको सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनिए पनि यसको प्रवृत्ति दक्षिणपन्थी अवसरवादी छ,’ उनले भने, ‘क्रान्तिकारी सिद्धान्त समाप्त पार्ने, दलाल पूँजीपतिहरूको सेवा गर्ने, विचौलियाको पक्षपोषण गर्ने, दलालीको काम गर्नेहरूलाई साथ दिने काम भइरहेको छ।’
नेपालले अहिलेको सरकार सुशासन होइन, लुटतन्त्रलाई संरक्षण गर्ने दिशामा अगाडि बढेको दाबी गर्दै त्यसविरुद्ध एकीकृत समाजवादी पार्टी निरन्तर विरोध र भण्डाफोरमा लागेको बताए।
उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे।
उनले भने, ‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेको र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं। वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया