बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमाथि तीव्र आलोचना गर्दै ‘लुटतन्त्रको संरक्षणमा जुटेको’ आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) मजदुर जिल्ला कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हालको सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरू अघि बढाएको आरोप लगाए।
‘अहिलेको सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनिए पनि यसको प्रवृत्ति दक्षिणपन्थी अवसरवादी छ,’ उनले भने, ‘क्रान्तिकारी सिद्धान्त समाप्त पार्ने, दलाल पूँजीपतिहरूको सेवा गर्ने, विचौलियाको पक्षपोषण गर्ने, दलालीको काम गर्नेहरूलाई साथ दिने काम भइरहेको छ।’
नेपालले अहिलेको सरकार सुशासन होइन, लुटतन्त्रलाई संरक्षण गर्ने दिशामा अगाडि बढेको दाबी गर्दै त्यसविरुद्ध एकीकृत समाजवादी पार्टी निरन्तर विरोध र भण्डाफोरमा लागेको बताए।
उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे।
उनले भने, ‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेको र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं। वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं।’
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया