बिएल संवाददाता
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ काठमाडौं उपत्यकाका केन्द्रीय सदस्यसहित बागमती प्रदेशका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटार बोलाएर विभिन्न निर्देशन दिएका छन्।
सो क्रममा ओलीले पार्टीमा विद्या भण्डारी, ईश्वर पोखरेलदेखि पार्टी बाहिर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रवि लामिछानेसम्मको उछितो काटे। र, नेताहरूलाई आफ्नो र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिए।
काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बुधबार राति नै ओलीको भनाइ र निर्देशनको फेहरिस्त ४८ बुँदामा सार्वजनिक गरे। निरौलाले सार्वजनिक गरेअनुसार ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई विद्यालाई बोकेर नहिँड्न चेतावनी दिएका छन्।
उनले ईश्वरलाई अभागीको संज्ञा दिँदै खाने बेलामा रिस उठ्ने टिप्पणी गरेका छन्। उनले विद्यान महाधिवेशनमा फरक मत राखे महाधिवेशनमा हिसाब किताब हुने चेतावनीसमेत दिएका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान महाधिवेशनमा विद्यालाई एमालेमा रोक्ने निर्णयमा फरक मत राख्ने तयारी गरेको बुझिएको छ। सोहीलक्षित ओलीले विद्यानिकट नेताहरूलाई यस्तो चेतावनी दिएका हुन्।
ईश्वरसहित विद्या पक्षका नेताबारे के भने ओलीले?
— ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ बाटो बिराएर? त्यसरी हिँड्नु भएन, अभागीलाई खाने बेलामा रिस उठ्छ।
— सही विचार म आफैं प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन। त्यहीँ पेस गर्छु। यो इतिहास हो। इतिहासको रुपमा आउछ। यो नीतिको रुपमा आउछ।
— विधान महाधिवेशनमा एकदिन दस्तावेज प्रस्तुत, एक दिन छलफल र एक दिन समापन हुन्छ। जम्मा तीन दिनको हुनेछ।
— विधान अधिवेशन एकताको अधिवेशन हुन्छ अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ।
— मोरङका नेता विनोद ढकाल ९औं महाधिवेशनमा मलाइ सहयेाग गर्ने प्रमुख पात्र हुन्
— विधानबारे कर्ण थापाले गलत कुरा गरे
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया