बिएल संवाददाता
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ काठमाडौं उपत्यकाका केन्द्रीय सदस्यसहित बागमती प्रदेशका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटार बोलाएर विभिन्न निर्देशन दिएका छन्।
सो क्रममा ओलीले पार्टीमा विद्या भण्डारी, ईश्वर पोखरेलदेखि पार्टी बाहिर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रवि लामिछानेसम्मको उछितो काढे। र, नेताहरूलाई आफ्नो र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिए।
काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बुधबार राति नै ओलीको भनाइ र निर्देशनको फेहरिस्त ४८ बुँदामा सार्वजनिक गरे। निरौलाले सार्वजनिक गरेअनुसार ओलीले छलफलमा अधिकांश समय पूर्वराष्ट्रपति भण्डारीको आलोचनामा खर्चिएका छन्।
ओलीले विद्याको बारेमा के के भने?
— हाल केहीले पूर्व राष्ट्रपतिको फोटो राखेर धन्दा गरिरहेका छन्।
— च्यासल ले सदस्यता खायो भन्नुहुन्छ सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिनु भएको छैन। प्रक्रिया मिलेन। राजनितिमा आउनु हुन्न।
— बालुवाटार बोलाएको आउनु भएन, पार्टी कार्यालयमा भेटियो। सदस्यता नवीकरण हुँदैन पार्टीले निर्णय गर्नुपर्छ।
— विद्याले मलाई सहयोग गर्नु तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो। भ्रममा नरहनुस् अनुभव छैन भनें।
— चुनाव लड्ने त भन्नु भयो, यो पार्टीमा चुनाव लड्नु पर्दैन भनें। पूर्व राष्ट्रपति भएको व्यक्तिले अशोभनीय गतिविधि गर्नु भएन।
— पार्टी पक्षमा नबोलेकाहरूलाई भेला गरेर हिँड्नु भएको छ। चक्रपथमा मलाई जथाभावी लेखाउने काम भयो।
— जन्म जयन्ती र स्मृति मनाउन नदिएकोले फाउन्डेशन मैले खोलेको हो।
— राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारें। अब एमालेमा आएर अध्यक्ष हुन सम्भव छैन। आ–आफ्नो योग्यताका कारण हामी यहाँ आइपुगेका छौं।
— आन्दोलनलाई पार्टीले आगाडि बढाएको छ तर यो नदेख्ने। विरोधीलाई सहयोग गर्ने
— सेन्टिमेन्टमा गएर हुदैन, मदन भण्डारीका विचार पवित्र हो, घर हैन, जबज परिवारको सम्पति हैन। फाउण्डेशनले बचाउने हैन।
— उहाँले पार्टीमा समस्या ल्याउने हैन, पत्रकारले पार्टी सदस्ता दिने हैन। गणतन्त्र गौरवलाई विवादमा पर्ने काम भयो
— विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ। लालगेडी भएर पार्टी चल्दैन त्यसैले विद्याजीको सम्भावना छैन
— मैले जति सम्मान अरुले गरेको छैन होला, विद्याजीलाई साथ दिँदा म अपमानित हुनु परेको छ।
— म एकोहोरो हो, म भन्दा पनि मदन, तर सहकार्यमा थियौं।
— म सपनामा छु कि जस्तो लाग्छ। विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै मिल्छ
— विद्याजीको सम्मानको लागि उहाँलाई नउचालौं। व्यक्ति ठूलोकुरा हैन आन्दोलन बचाउनु पर्छ।
— विद्या भण्डारी सम्पति हो। उहाँको लडाइँ सदस्यताको हैन, प्रोटोकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया