
बिएल संवाददाता
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ काठमाडौं उपत्यकाका केन्द्रीय सदस्यसहित बागमती प्रदेशका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटार बोलाएर विभिन्न निर्देशन दिएका छन्।
सो क्रममा ओलीले पार्टीमा विद्या भण्डारी, ईश्वर पोखरेलदेखि पार्टी बाहिर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रवि लामिछानेसम्मको उछितो काढे। र, नेताहरूलाई आफ्नो र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिए।
काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बुधबार राति नै ओलीको भनाइ र निर्देशनको फेहरिस्त ४८ बुँदामा सार्वजनिक गरे। निरौलाले सार्वजनिक गरेअनुसार ओलीले छलफलमा अधिकांश समय पूर्वराष्ट्रपति भण्डारीको आलोचनामा खर्चिएका छन्।
ओलीले विद्याको बारेमा के के भने?
— हाल केहीले पूर्व राष्ट्रपतिको फोटो राखेर धन्दा गरिरहेका छन्।
— च्यासल ले सदस्यता खायो भन्नुहुन्छ सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिनु भएको छैन। प्रक्रिया मिलेन। राजनितिमा आउनु हुन्न।
— बालुवाटार बोलाएको आउनु भएन, पार्टी कार्यालयमा भेटियो। सदस्यता नवीकरण हुँदैन पार्टीले निर्णय गर्नुपर्छ।
— विद्याले मलाई सहयोग गर्नु तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो। भ्रममा नरहनुस् अनुभव छैन भनें।
— चुनाव लड्ने त भन्नु भयो, यो पार्टीमा चुनाव लड्नु पर्दैन भनें। पूर्व राष्ट्रपति भएको व्यक्तिले अशोभनीय गतिविधि गर्नु भएन।
— पार्टी पक्षमा नबोलेकाहरूलाई भेला गरेर हिँड्नु भएको छ। चक्रपथमा मलाई जथाभावी लेखाउने काम भयो।
— जन्म जयन्ती र स्मृति मनाउन नदिएकोले फाउन्डेशन मैले खोलेको हो।
— राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारें। अब एमालेमा आएर अध्यक्ष हुन सम्भव छैन। आ–आफ्नो योग्यताका कारण हामी यहाँ आइपुगेका छौं।
— आन्दोलनलाई पार्टीले आगाडि बढाएको छ तर यो नदेख्ने। विरोधीलाई सहयोग गर्ने
— सेन्टिमेन्टमा गएर हुदैन, मदन भण्डारीका विचार पवित्र हो, घर हैन, जबज परिवारको सम्पति हैन। फाउण्डेशनले बचाउने हैन।
— उहाँले पार्टीमा समस्या ल्याउने हैन, पत्रकारले पार्टी सदस्ता दिने हैन। गणतन्त्र गौरवलाई विवादमा पर्ने काम भयो
— विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ। लालगेडी भएर पार्टी चल्दैन त्यसैले विद्याजीको सम्भावना छैन
— मैले जति सम्मान अरुले गरेको छैन होला, विद्याजीलाई साथ दिँदा म अपमानित हुनु परेको छ।
— म एकोहोरो हो, म भन्दा पनि मदन, तर सहकार्यमा थियौं।
— म सपनामा छु कि जस्तो लाग्छ। विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै मिल्छ
— विद्याजीको सम्मानको लागि उहाँलाई नउचालौं। व्यक्ति ठूलोकुरा हैन आन्दोलन बचाउनु पर्छ।
— विद्या भण्डारी सम्पति हो। उहाँको लडाइँ सदस्यताको हैन, प्रोटोकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया