बिएल संवाददाता
नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने पठाउने भएको भएको छ।
कुलिङ पिरियड छेडखानी प्रकरणमा मुछिएका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा कांग्रेसले न्यौपानेलाई पठाउने भएको हो।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको सिफारिस गर्ने सहमति गरेको हो।
न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति छिन्। उनलाई त्यहाँबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो।
समिति सभापतिका लागि भदौ १० गते मनोनयन र भदौ ११ गते भोलि मतदानको समय तोकिएको छ। बुढानिलकण्डको आदेशपछि न्यौपानेले केहीबेरमै समिति सभापतिका लागि उम्मेद्वारी दिने तयारी गरेकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया