बिएल संवाददाता
कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन्।
मंगलबार काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायीमाथि गुण्डा गर्दी गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
दुई वर्षदेखि नगरप्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेकोले त्यसको विरुद्धमा व्यवसायीहरूले प्रदर्शन गरेको कवाड व्यवसायी संघर्ष समितिमा संयोजक रामकेवल गुप्ताले बताए।
उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहँदैन। हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौं। हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौं भने मेयरले त्यसो भन्ने अधिकार छैन नि।’
उनले समस्या भए वार्तामार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अर्ब रुपैयाँको लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए।
‘गरिबको घरमा डोजर लगाइदिने? सबै भत्काएर भगाइदिने? काठमाडौंबाट कवाडलाई हटाएर एक अर्ब रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो,’ उनले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया