बिएल संवाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको- भयानक घात भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै यो अत्यन्तै आत्मघाती र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात भएको बताए।
उनले भने, ‘एउटा कागजात मात्र होइन्, दर्जनौं कागजातमा समावेश गरिएको छ। १३ वटा कागजात त मैंले पनि समातें तर पढ्न भने पाएको छैन। भनेपछि हरेक दस्तावेजमा लेखिएको के छ भने- अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कतै छुटेको छैन। प्रत्येक दस्तावेजमा त्यो किन लेख्नुपर्यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात हो।’
उनले साना वा ठूला कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नहुने भए पनि एमसीसीका प्रतिनिधिले यहीं आएर धम्काइसकेपछि देशका लालची नेताहरू लुरुक्क परेर सही गरेको बताए।
उनले भने, ‘साना वा ठूला, कमजोर वा शक्तिशाली कुनैपनि देश वा संस्थासँग सम्झौता गर्दा दबाब, धाक र धम्कीसामू झुकेर गर्नुहुन्न। त्यो राष्ट्रिय आत्म समर्पणवाद हुन्छ। एमसीसीका प्रतिनिधित्वले यही आएर धम्काइसकेपछि हाम्रो देशका लालची नेताहरू लुरुक्क परेर सही गरेका हुन्। यो आत्मसमर्पणवादी चिन्तनको परिणाम हो।’
उनले एकाध व्यक्तिहरूको लहर, निजी स्वार्थ, गुट स्वार्थ र पारिवारिक स्वार्थका आधारमा समेत यस्ता सम्झौताहरू हुने गरेको बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया