महेश चौलागाईं
जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटस्थित गाउँपालिका कार्यालयमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले तालाबन्दी गरेका छन्।
मंगलबार बिहान कांग्रेस सिँजा गाउँपालिकाका सभापति गोविन्द शर्माको नेतृत्वमा तालाबन्दी गरिएको हो।
कांग्रेस नेताहरूले गाउँपालिकाले चालु आर्थिक वर्ष ०८२/८३ को बजेट विनियोजन मनोमानी ढंगले गरेको आरोप लगाएका छन्। गाउँपालिकाले कुनै योजना, छलफल वा सरोकारवाला निकायसँग समन्वय नगरी, नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरूको बैठकमार्फत हचुवाको भरमा बजेट पास गर्न खोजेको भन्दै तालाबन्दी गरिएको हो।
‘गाउँपालिकाले कानूनी प्रक्रिया र जनप्रतिनिधिहरूको सहभागिताविना बजेट विनियोजन गरेर मनोमानी गर्दै आएको छ। यसलाई हामी स्वीकार्दैनौँ,’ कांग्रेस सभापति गोविन्द शर्माले भने।
तालाबन्दीका कारण बिहानदेखि गाउँपालिका कार्यालयका नियमित सेवा प्रवाह प्रभावित भएको छ भने सेवाग्राहीहरू काम नपाएर फर्किएका छन्।
यसबारेमा गाउँपालिका पक्षले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया