महेश चौलागाईं
जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटस्थित गाउँपालिका कार्यालयमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले तालाबन्दी गरेका छन्।
मंगलबार बिहान कांग्रेस सिँजा गाउँपालिकाका सभापति गोविन्द शर्माको नेतृत्वमा तालाबन्दी गरिएको हो।
कांग्रेस नेताहरूले गाउँपालिकाले चालु आर्थिक वर्ष ०८२/८३ को बजेट विनियोजन मनोमानी ढंगले गरेको आरोप लगाएका छन्। गाउँपालिकाले कुनै योजना, छलफल वा सरोकारवाला निकायसँग समन्वय नगरी, नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरूको बैठकमार्फत हचुवाको भरमा बजेट पास गर्न खोजेको भन्दै तालाबन्दी गरिएको हो।
‘गाउँपालिकाले कानूनी प्रक्रिया र जनप्रतिनिधिहरूको सहभागिताविना बजेट विनियोजन गरेर मनोमानी गर्दै आएको छ। यसलाई हामी स्वीकार्दैनौँ,’ कांग्रेस सभापति गोविन्द शर्माले भने।
तालाबन्दीका कारण बिहानदेखि गाउँपालिका कार्यालयका नियमित सेवा प्रवाह प्रभावित भएको छ भने सेवाग्राहीहरू काम नपाएर फर्किएका छन्।
यसबारेमा गाउँपालिका पक्षले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया