बुधबार, १३ अगस्ट २०२५

कांग्रेस सांसद भन्छन्ः रविलाई जेल नसार्नु दुःखद्

News Image
• • •

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेल स्थानान्तरण नगर्नु दुःखद् भएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले जेल सार्न रविको आग्रह र अदालतको अनुमतिलाई समेत राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताएका हुन्।

उनले एउटा राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्रीसमेत भएको व्यक्तिमाथि राज्यको व्यवहार नबुझिँदो रहेको बताए।

‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ। तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद मात्र होइन नबुझिँदो कुरा भएको छ। त्यसकारण सरकारले सम्पूर्ण देशहरूको वस्तुस्थिति हेरेर तिनीहरूको सुधारको निम्ति अहिलेको आवश्यकता देखेको छु,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!