सोमबार, १८ नोभेम्बर २०२४

एमाले-काँग्रेसमा मन्त्रीका लागि दाैडधुप, चर्चामा आरजुदेखि सुहाङ नेम्वाङसम्म

ओलीकाे नेतृत्वमा सरकार बन्ने सुनिश्चित भएपछि यतिबेला एमाले-काँग्रेसमा मन्त्रीका लागि दाैडधुप सुरु भएकाे छ। बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा माेटामाेटी कुराकानी भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढी, पहिरो लगायतका विपद्‍मा परेर ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परेर बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उरुग्वेविरुद्ध जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाती आयाेगकाे प्रतिवेदन पेस गर्ने

प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्डसलाई हराउँदै इङल्याण्ड युरोकपको फाइनलमा

इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी पीडितको तारोमा ‘रवि’

बुधबार ‘सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति’ले सिंहदरबारमा सहकारी पीडितसँग छलफल गर्‍यो। छलफलमा उपस्थित पीडितका प्रतिनिधिहरूले विशेषत: रवि लामिछानेमाथि प्रश्नै उठाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शनिबार बिहानसम्म मनसुन सक्रिय हुने

शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान विभागले विशेष बुलेटिन जारी गर्दै  शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डले विश्वासकाे मत नपाए देउवा प्रधानमन्त्री

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संविधानको धारा ७६को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछाने नयाँ सरकारमा जान ढुकेर बसेका छन्: मुकुल ढकाल

‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका मान्छेहरू पार्टीमा छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ। अहिले भएको यत्ति हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानको धारा ७६ को २ अनुसार नै सरकार गठन हुन्छ: एमाले

उनले भने, ‘७६ (२) अनुसार बनेकाे प्रधानमन्त्री, अझ पछि त नेकपा गठन भइसकेपछि त्याे ७६ (१) अनुसार भएकाे मानिएकाे थियाे। उहाँले राजीनामा गरिसकेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ (२) अनुसारकै सरकार बनाउनका निम्ति दलहरूलाई आह्वान गर्नुभएको थियो। तर दिइएकाे समयभित्र कसैकाे पनि माग दाबी नभएकाे कारणले उहाँलाई  ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरिएकाे थियाे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एमालेकाे ह्वीप

एमालेकाे तर्फबाट प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हुन्। प्रधानमन्त्रीले यही २८ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समितिमा सहकारी पीडितहरुसँग छलफल

हालसम्म (१२औँ बैठक) सम्बन्धित निकायहरुसँग आवश्यक कागजात मगाउनुका साथै सहकारीसम्बन्धी समस्या समाधानका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्व र अनुसन्धानमा खटिएका निकायसँग छलफल गरेकाे समितिले अब भने पीडितसँग प्रत्यक्ष कुराकानी गर्न लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीतिगत समस्यामा मोबाइल व्यवसायमा, वार्षिक दुई अर्ब राजस्व गुम्दै

२०८१ जेठ महिनामा देशमा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा २६ अर्बको मोबाइल मात्र भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। मोबाइल फोनमा २०६२ जेठ आगमन कल निःशुल्क गरिएपछि ०६५ देखि देशैभर सेवा पुगेको अहिले ७७ जिल्लाममै मोबाइलको कभरेज स्थापित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीकाे रुस भ्रमण: पश्चिमी देशहरू असन्तुष्ट

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले रुससँग भारतको गहिरो सम्बन्धलाई लिएर पश्चिमी देशहरू बढी चिन्तित देखिएको जनाएको छ। सिचुआन इन्टरनेशनल स्टडीज युनिभर्सिटीका प्रोफेसर लङ जिङचुनले अखबारमा लेखेका छन्, ‘चीनले रुस–भारत घनिष्ठ सम्बन्धलाई खतराको रुपमा देख्दैन। तर पश्चिमी देशहरूचाहिँ असन्तुष्ट देखिन्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिराले घर पुरिँदा छाराेकाे मृत्यु, आमाकाे उद्दार

पाेखरा महानगरपालिका- २७ सहेलापाटामा पहिराले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

अर्जेन्टिना काेपा अमेरिका कपकाे फाइनलमा

बुधबार बिहान क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे हाे। अर्जेन्टिनाकाे जितमा जुलियन अल्भारेज र लियाेनल मेसीले १-१ गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिराेका कारण मध्यपहाडी लाेकमार्ग अवरुद्ध

निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

स्पेन युराे कपकाे फाइनलमा

स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं