आइतबार, १७ नोभेम्बर २०२४

भ्रमणबारे परराष्ट्रमन्त्री राणाले भनिन्- भारतसँगको सम्बन्ध थप बलियो भयो

स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। प्रस्ताव सर्वसम्मत स्वीकृत भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट छैन: प्रधानमन्त्री ओली

‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन। कुनै छुट छैन’, उनले भने। उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपप्रधानसहित ४ मन्त्रीविरुद्ध अनुसन्धानमा उजुरी

सिन्धुलीका युवराज सफलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,  ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घटेन मन्त्रीलाई बधाई दिनेको भीड, सिंहदरबारको मुलगेटमा जे देखियो..(तस्बिरहरू)

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएकाे एक महिना बित्याे। मन्त्रीहरूले मन्यालय सम्हाले पनि त्यतिनै समय भयाे। तर, सिंहदरबारमा अहिलेसम्म मन्त्रीहरूलाई बधाई दिनेहरूकाे भीडमा कमी आएकाे छैन। हिजाे-आज पनि सिंहदरबारमा नयाँ मन्त्रीहरूलाई बधाई दिनेहरू भीड देख्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदमा रवि लामिछानेकाे प्रश्न- के खगेन्द्र सुनारजस्ता दलितले अधिकार माग्नु गलत हाे?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आन्दाेलनरत दलित अधिकारकर्मी खरेन्द्र सुनारकाे आवाज दबाउन खाेजिएकाे भन्दै संसद बैठकमा आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुँदैन: रवि लामिछान

‘म आफ्नाेतर्फबाट र आफ्नाे दलकाेतर्फबाट सिंगाे सदन र सिंगाे देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नाे इफ नाे बट, हाम्राे कुरा क्लियर कट। ५ वर्षे  लागू हुने छैन’, उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमकाे हदम्याद राखिनु हुँदैन, हामी यसमा स्पष्ट छाैँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउन माग गरिएकाे रिट न्यायाधीश फुयाँलको इजलासमा

२१ जना प्रहरी अधिकारीले दायर गरेकाे रिटकाे सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको हाे। बुधबार २१ प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्ला?

सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरिएको हाे। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएको छ। यद्यपि टिकटकमाथिको प्रतिबन्ध हटाउने/ नहटाउने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तामा मिलेका काँग्रेस-एमाले विश्वविद्यालयमा मारामार

शिक्षामन्त्री भट्टराई र गृहमन्त्री लेखकबीच किन समन्वयन हुन सकेन र यति गम्भीर विषय बाहिरियो भन्नेमा त्रिविमा नियुक्तिको विषयसँग जोडिन्छ। त्रिविको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिमा काँग्रेस–एमालेको द्वन्द्व अन्तत: दुई मन्त्रीबीचमा पुगेर ठोक्किएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरीले दिए सर्वोच्चमा रिट

अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकाे टिप्पणी- परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखियाे

प्रचण्डले भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको महत्त्व दिएकाे उल्लेख गरे। प्रचण्डकाे भनाई उदृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न गएकाे परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखिएकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मला न्यायका लागि ‘तराजु’

बाँकेबाट काठमाडौँमा आएर कुर्मीको न्यायका लागि उनीहरूले १३औँ दिनदेखि कलंकीदेखि माइतीघर खाली खुट्दै पैदल यात्रा गर्ने गरेका छन्। दिभर माइतीघरमा धर्नापछि साँझ ६ बजे फेरि खाली खुट्टै कलंकी पुगेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविमा गरेपछि सुरक्षा शिक्षामन्त्रीमाथि सुमनाकाे कटाक्ष- अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने?

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’, सांसद श्रेष्ठले प्रश्न गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेइमानी तत्वहरु घुसेका कारण सहकारीमा समस्या उत्पन्न भयाे: प्रधानमन्त्री ओली

गैरसहकारी तत्वहरु सहकारीमा घुसे। सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे। त्यसले सहकारीप्रतिको निष्ठा रहेन। सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे। अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौँ। अगाडि बढाउनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चंखेलीमा जीप दुर्घटना, पाँच जना घाइते

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका– २ गर्खादेखि देउली बजारतर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्राः राजनीतिक समावेशिताका लागि सचेतना

गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यौनिक अल्पसंख्यकहरूको गाईजात्रा परेड (तस्बिरहरू)

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समुदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल