आइतबार, १७ नोभेम्बर २०२४

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता ‘अनकम्फर्टेबल’को प्रश्न ?

सत्ता साझेदार मुख्य घटक एमाले र काँग्रेसबीच के साँच्चिकै अनकम्फर्टेबलको माहोल बढ्दै गएको होला त? सम्बन्धित दलरुबाट यसको सार्वजनिक प्रतिक्रिया आएका छैनन्। तर कतिपय अनौपचारिक सन्दर्भमा प्रधानमन्त्री ओलीको रेस्पोन्स काँग्रेसलाई कम्फर्टेबल नभएको चर्चा छ। तर समीकरण फेरबदलकै तहमा समस्या आइनपरेको काँग्रेसको बुझाई देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब १० लाखकाे प्रलोभन देखाइ भारत पुर्‍याएर मिर्गौला झिकियाे...

‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् नेकपा एसका निर्वाचित पदाधिकारी (सूचीसहित)

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु: अध्यक्ष:  १.माधवकुमार नेपाल सम्मानित नेता:  २. झलनाथ खनाल वरिष्ठ उपाध्यक्ष:  ३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत) उपाध्यक्षहरु  ४. जयन्ती राइ (पूर्वउपाध्यक्ष) ५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष) ६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव) ७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव) ८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव) ९. भानुभक्त जोशी  महासचिव:  १०. घनश्याम भुसाल उपमहासचिव   ११.  गरिमा शाह (निवर्तमान सचिव) १२.  राजेन्द्र राई (निवर्तमान सचिव) १३.  मेटमणि चौधरी  १४.  रामकुमार भट्टराई  समावेशी सचिव       १५. क. बलदेव चौधरी  १६. क. गणेश विक  खुला सचिव १७.  शेरबहादुर कुँवर  १८. चन्द्र बहादुर शाही  १८. सोम प्रसाद पाण्डे  १९. सावित्री भुसाल  २०. श्रीनाथ बराल

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा एसका पदाधिकारी: रामकुमारी पराजित, मेटमणिको ‘सर्वाधिक’ मत

झाक्रीले महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी थिइन्। उनलाई पराजित गर्दै नेकपा एकीकृतकी जयन्ती राई महिला उपाध्यक्ष भएकी छिन्। उपमहासचिवका लागि मेटमणि चौधरीले पाएको १५८ मत अरु प्रतिस्पर्धीभन्दा धेरै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले साओपाउलो विमानस्थलमा  १७६ जना नेपाली रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारकाे आलाेचना गर्दा प्रचण्डमाथि खनिए एमाले सांसद

प्रचण्डले कांग्रेस-एमालेलाई लेखा समितिको सभापति मात्र होइन, प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग आग्रह गरेपछि त्यसकाे जवाफमा सांसद पन्तले त्यो पद माओवादीलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा सत्तापक्षलाई प्रचण्डकाे खबरदारी (पूर्णपाठ)

उनले नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी बक्यौताकाे विषयमा संसदमा कुरा उठाए। विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न उनले सरकारलाई चुनौती दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस र एमालेलाई प्रचण्डले भने- अब तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन

माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको औल्याउँदै उनले थपे, ‘आन्दोलनको पुनर्गठनमा छ। त्यही पुनर्गठनका बलमा हामी भोली माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं। पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं।  त्यतिबेलासम्म कृपया तपाईहरु मिलिदिनुहोला। फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुक्र्याउन नआइदिनुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती- २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्नुस्

‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ। नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न। खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफै हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई प्रचण्डकाे चुनाैती– लेखा समिति मात्र होइन, प्रमुख प्रतिपक्ष दलको नेताको हैसियत पनि राखे हुन्छ

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सार्वजनिक लेखा समितिमा प्रतिपक्षको हुनुपर्नेमा सत्तापक्षले नै राखेकेकाे विषय उठाउँदै संसदको प्रतिपक्ष दलको नेताको हैसियत पनि सरकारले राखे हुने भन्दै चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार माफियाकाे संरक्षणमा छ: प्रचण्ड

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले हनिमुन पिरियडसम्म सरकारको समीक्षा नगर्ने भनिए पनि सरकार बनेको २ महिनामा नै सरकार जनताप्रति उत्तरदायी हुन नसकेकाे आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलको घटना सामान्य होइन, नेताहरु नसुध्रिए हावा हुण्डरीले उडाउँछ: सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नुपर्ने चेतावनी भएको टिप्पणी गरेका छन्। मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। तर औपचारिक घोषणा भने हुन बाँकी छ। एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज हुने मतदानमा पाण्डे र बस्नेतले उम्मेदवारी दिएका थिए। तर बस्नेतले उम्मेदवारी फिर्ता लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीबाट निकालिएपछि मुकुलले भने- रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ

‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन। न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ। नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकाललाई रास्वपाकाे साधारण सदस्यसमेत नरहने गरी हटाइयाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ। मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुँदै, वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतकाे उम्मेदवारी

एक वरिष्ठ उपाध्यक्ष पदका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन्। यसैगरी एक महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं