सोमबार, १८ नोभेम्बर २०२४

संसदमा रवि लामिछानेकाे प्रश्न- के खगेन्द्र सुनारजस्ता दलितले अधिकार माग्नु गलत हाे?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आन्दाेलनरत दलित अधिकारकर्मी खरेन्द्र सुनारकाे आवाज दबाउन खाेजिएकाे भन्दै संसद बैठकमा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाकाे आकस्मिक बैठकमा बाेल्दै सभापति लामिछानेले सरकारले सुनारलाई दबाउन खाेजेकाे भन्दै आपत्ति जनाएका हुन्।

‘सभामुख महदय, दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितकाे सहभागिता हुनुपर्छ भने माइतीघरमा आन्दाेलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खाेजेकाे भन्दै पक्राउ र उनलाई तत्काल रिहा गरेकाे भन्ने कुरा जानकारीमा आएकाे छ’, सभापति लामिछानेले भने, ‘म सरकारलाई साेध्न चाहन्छु के खगेन्द्रजस्तै दलितहरूले आफ्नाे हक माग्नु गलत हाे? आफ्नाे हक माग्ने सबैलाई थुनेर मुख बन्द गर्ने नियत सरकारकाे हाे त?’

उनले सुनारजस्ता अधिकारकाे लागि लड्नेहरूकाे आवाज सुनेर उनीहरूले माग गरेअनुसार व्यवस्था गर्न सरकारलाई अनुराेध गरे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?