आइतबार, १७ नोभेम्बर २०२४

संविधान संशोधन गर्न पाइँदैन

माओवादी निकट युवा संगठन अखिल (क्रान्तिकारी)ले संविधान संशोधन गर्न नपाइने बताएकाे छ।  सुदूरपश्चिममा पुगेर संगठनकी अध्यक्ष पञ्चा सिंहले संविधान संशोधन गर्न खाेजे खबरदारी गर्न अपील गरेकी छन्। मुलुकमा अंक गणित र जोडघटाउका आधारमा पछि पारिएका समुदायको अधिकार खोस्ने प्रपञ्च शुरु भएको उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार बस्ने

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा १२ समूह बनाएर छलफल गरिएको छ। ती दस्ताबेजबारे प्रतिनिधिहरुबिच सामूहिक छलफल गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय

नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको धम्की

काँग्रेससँग सरकार बनाउने सहमतिपछि नेकपा एमालेले तत्काल मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएको छ। मंगलबार बसेकाे एमालेको सचिवालय बैठकले संविधानको धारा ७६ (२)अनुसार सरकार निर्माणका लागि भाेलि (बुधबार)सम्म प्रचण्डलाई सरकार छाड्न चेतावनी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यहाँ प्रतिगामीहरू पनि छन्, संविधान संशोधनमा विचार पुर्‍याउनुपर्छ: वरिष्ठ अधिवक्ता त्रिपाठी

एउटा प्रतिगामी सोचका साथ संविधानलाई असफल बनाउन थालिएको छ। त्यसैले यहाँ मैले देखेको संविधान संशोधन अझ जोखिम छ। त्यसकारण संविधान संशोधनलाई हल्का रुपमा लिनु हुँदैन। किनभने यहाँ विभिन्न किसिमका तत्व, कुतत्तवहरू संविधानको लोकतान्त्रिक पक्षलाई धुमिल पार्न चाहन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकाे आदेश

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सानेपा पुगेर प्रचण्ड र ओलीले हेरे गिरिजाकाे फोटो

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिइएकाे ऐतिहासिक फोटो प्रदर्शनीकाे नेताहरूले अवलोकन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले बोलाए विपक्षी दलहरूको बैठक

सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका हुन्। मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन उनी शीतल निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमालेकाे सहमतिबारे माओवादीले भन्याे- रातरातकाे सहमित स्वभाविक छैन, प्रतिवाद गर्छाैँ

‘एकातिर एउटा सहमति गर्ने, फेरि अर्कातिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर मिल्छ र? जे त्यही भन्नुपर्थ्याे नि! तुरुप चाहिँ एउटा फाल्ने, काम अर्को गर्ने जे भएको छ, त्यो षड्यन्त्र हो, त्यसकाे प्रतिवाद गर्ने सहमति भएकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने माओवादी सांसद देवेन्द्र पौडेलले बताए। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। विश्वासको मतको सामना गर्ने कुरा भएको छ,’ उनले भने। सत्तायात्रा गर्ने सहमतिसँगै काँग्रेस–एमालेका नेताहरूले प्रचण्डलाई मार्ग प्रस्त गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब बन्ने सरकारमा हामी जाँदैनौँ: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब बन्ने सरकारमा सहभागी नहुने बताएकाे छ। मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद सन्तोष परियारले अब बन्ने सरकारमा सहभागी हुन नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई लक्षित बाबुराम भट्टराईकाे टिप्पणी- सबैलाई सधैँभरी ठग्न सकिन्न

नेपाली कांग्रेस र नेकपा एमालेबीचकाे सहमतिपछि मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डलाई लक्षित गर्दै सबैलाई सधैंभरी ठग्न नसकिने टिप्पणी गरेका हुन्। 'केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न। सन्दर्भ बुझौं!’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्‍याैँ: कांग्रेस

उनले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताए। संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको उनकाे दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गठबन्धनबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ सत्ता समीकरणकाे सहमतिपछि ओलीले बाेलाए एमाले सचिवालय बैठक

नेपाली काँग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा ओली: प्रचण्डलाई कुर्सी छाेड्न लगाउने, नमाने सरकारलाई दिएकाे समर्थन फिर्ता गर्ने

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरूलाई एमालेकाे आह्वन

मंगलबार एमाले महासचिव शंकर पोखरेलले सरकार बनाउन दुई दलबीच समझदारी भएको जानकारी गराउँदै ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन सबै दलहरूलाई आह्वन गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं