शनिबार, १६ नोभेम्बर २०२४

प्रस्तावित प्रधानन्यायाधीश राउत विरुद्ध ६ वटा उजुरी

News Image
• • •

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। आज सोमबारसम्म ६ वटा उजुरी परेको त्यस उजुरीमाथि संसदीय सुनाइ समितिले छानबिन गर्दैछ। 

उक्त उजुरीकर्तामाथि समितिले भोलि मंगलबार छलफल गर्ने तयारी गरेको छ। 

राउतलाई संवैधानिक परिषद्को यही भदौ ३१ गतेको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनाइ समितिले उनीविरुद्ध कुनै उजुरी भए पेश गर्न आह्वान गरेको थियो। 

त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध पनि दुई–दुईवटा उजुरी परेको समितिले जनाएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?