शनिबार, १६ नोभेम्बर २०२४

नियमसङ्गत चलाएका सहकारीहरूले कसैलाई डुबाउँदैनन्: प्रधानमन्त्री

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन्।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताएका हुन्।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले सरकार अनियमतता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट पारे।

“विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन्”, प्रधानमन्त्री ओलीले भने, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।”

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?