आइतबार, १७ नोभेम्बर २०२४

प्रधानमन्त्रीको अफवाह फैलाइएको भन्दै सचिवालयद्वारा खण्डन

News Image
• • •

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को अफवाह फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। साथै प्रधानमन्त्रीको राजनीतिक प्रतिबद्धता कमजोर पार्ने कोशित भइरहेको सचिवालयले बताएको छ।  

बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्ड परिवारसहित घुम्न गएको लगायत विषयमा आएको थियो। 

मंगलबार देशवासीका नाममा सम्बाेधन गर्दै प्रचण्डले पूर्व निर्धारित र कुनै आवश्यक कामबाहेक राजधानी नछाड्ने र काममा खटिने बताएका थिए।तर उनी बुधबार (आज) गोरखा पुगे। सोही विषयमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।  

आलोचनाका प्रचण्डको सचिवालयले खण्डन गर्दै भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरुसङ्ग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक संजालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भैरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौँ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?