सोमबार, १८ नोभेम्बर २०२४

सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भयो: रवि लामिछाने

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ। व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ। मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो: सांसद खनाल

सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्यसमेत रहेका उनले भने, ‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन। सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानेबारे प्रधानमन्त्रीले संसदलाई गराए जानकारी

साेमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफू महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते अमेरिका जाने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसअनुसार दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाऔँ: मुख्यमन्त्री आचार्य

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

राष्ट्रियसभाको विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो। प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरुको निर्वाचन हुने गर्दछ। म आफैं पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु। अहिले समितिमा तीनवटा विधेयकहरु छन्। ति विधेयकहरुमा हामी छलफल गर्छौं। अन्य विधेयकहरु सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौं। म आफ्नो क्षमताले भ्याएअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले आजकाे संसद बैठकमा अवरोध नगर्ने

आजै बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादीले संसद बैठक अवरोध नगर्ने जानकारी गराएकाे हो। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१७ राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्ने

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो। सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो। तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो। सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धोबीखोलामा खसेकाे ट्याक्सी यूएन पार्क अगाडि भेटियाे

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार गणबाट खटिएको २ जना गोताखोरसहित ११ जनाकाे टाेलीले साेमबार बिहान थापाथलीस्थित यूएन पार्क अगाडिबाट उद्दार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बैठकमा हिउँदे अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टीआरसी विधेयकले द्वन्द्व प्रभावित बालबालिकालाई न्याय गरोस्’

राजनीतिक पार्टीले एक जनालाई जोगाउने खेलमा अरु थुप्रै बालबालिकाहरु पीडित हुन्छन् भन्ने कुरा बुझ्नपर्छ। राज्यले पनि बालमैत्री संरचनाहरु बनाउन ध्यान दिन जरुरी छ। प्रहरी कार्यालय बालमैत्री छैनन्। बालबालिका हेल्पलाइन नम्बर छ भनेर पनि सबै बालबालिकाहरुलाई थाहा छैन। यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा रवि लामिछाने दाेषी रहेकाे छानबिन समितिकाे ठहर

गाेर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दाेषी ठहर गर्दै प्रतिवेदन तयार गरेकाे हाे। समितिले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको उक्त प्रतिवेदन साेमबार प्रतिनिधिसभाका सभामुखलाई बुझाउने तयारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भरतपुर उड्न लागेकाे बुद्ध एयरको जहाजमा समस्या, ओरालियो यात्रुहरू

काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ। बुद्ध एयरको नाइन एन–एआईटी जहाज साेमबार बिहान भरतपुर उड्ने तयारीमा थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनसुन झन सक्रिय, वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा

देशका केही भू–भागमा आज पनि भारी वर्षा हुने भएको छ। मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निगमले घटायो इन्धनको मूल्य

निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेकाे छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेकाे स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आगामी ओलीकै क्षेत्रबाट लड्छु: प्रचण्ड

‘जित सत्य र न्यायको हुन्छ कि बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा

चारजना राजदूतबारे काँग्रेस-एमालेबीच विवाद

संसदीय सुनावाइ समितिले सरकारले सिफारिस गरेका १७ देशका राजदूत सबैको बिहीबार सुनुवाइ सकेको थियो। त्यसपछि उनीहरूको नियुक्तिबारे निर्णय गर्न आइतबार बैठक बालाइएको थियो। आइतबार बिहान ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बसेको सुनुवाइ समितिको बैठकमा एमाले र काँग्रेसले सिफारिस गरेका चारजनाको नाममा सहमति हुन नसकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा तोक्न आयोगको सुझाव

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं