उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयहरुले विशेष योजना बनाउनुपर्छ: शिक्षामन्त्री श्रेष्ठ
‘नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाको तात्पर्य भनेकै संस्कृत भाषा, साहित्य र बाङ्मयको अध्ययन र अनुसन्धान गर्नु हो’, मन्त्री श्रेष्ठले भनिन्, ‘संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्दछ। पूर्वीय दर्शनप्रति अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आकर्षण गर्न विश्वविद्यालयले विशेष योजना बनाउनुपर्दछ।’
बिएल संवाददाता - काठमाडौं