शनिबार, १६ नोभेम्बर २०२४

साकार हुँदै स्वरसम्राट्को सपना

बिएल संवाददाता

बिएल संवाददाता

अनिता भेटवाल

News Image
• • •

स्वरसम्राट नारायणगोपालले देखेको एउटा सपना उनले संसार छोडेको ३३ वर्षपछि साकार हुँदै छ।

विवाहका दुई दशक बितिसकेका थिए, स्वरसम्राट् नारायणगोपाल र पेमला गुरुवाचार्यका। त्यतिका वर्षसम्म सन्तान नभएपछि आफन्तजनले मुखै सामुन्ने भन्ने गर्थे, “तिमीहरूको सन्तान छैन, शेषपछि घरबार/सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ?”

आफन्तको बोलीले पेमलाको मन निचोरिन्थ्यो। दुखेको घाउलाई कसैले कोट्याए झैं हुन्थ्यो। यस्तै अनुभव उनले बागीना पत्रिकाको ‘नारायणगोपाल स्मृति’ अंकमा ‘नारायणगोपालसँगका मेरा २० वर्ष’ शीर्षकमा खुलस्त पारेकी छन्।

चिनजानका धेरै मान्छेले धर्मपुत्र राख्न सल्लाह दिएका पनि थिए। नारायणगोपाल भने धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत स्कूल खोलेर आर्थिक रूपमा विपन्न, असहाय व्यक्तिलाई संगीत सिकाउनुपर्छ भन्ने धारणा राख्थे। उनले उतिवेलै नाम पनि जुराएका थिए- गीत-गंगा।

जीवनभर स्कूल खोल्ने आँट आएन। त्यसका लागि न पुग्ने गरीको कमाइ थियो न त अन्य आर्थिक स्रोत। नारायणगोपाल जीवित छँदै उनको यो सपना पूरा हुन सकेन।

तर उनलाई जीवनको अन्तिम क्षणसम्म पछ्याइरह्यो। आईसीयूमा रहँदा पनि नारायणगोपालले पेमलालाई भनेका थिए, “म नरहे पनि तिमीले एउटा संगीत सम्बन्धी विद्यालय खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू। यस बाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्‍याल र मेरा अन्य साथीहरूलाई पनि त्यसमा समावेश गराउनू। तिमीले केही गर्नु पर्दैन, मेरा साथीहरूले तिम्रो इच्छा मुताबिक सहयोग गर्नेछन्।”
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?