शनिबार, १६ नोभेम्बर २०२४

छामेरै मोटरसाइकल मर्मत

बिएल संवाददाता

बिएल संवाददाता

सरिता दाहाल

News Image
• • •

एकाएक आँखाको ज्योति गुमाएका सुदर्शन ढकाल हातले छामेकै भरमा मोटरसाइकल मर्मत सम्भार गर्छन्, ग्यारेज चलाएर मनग्य आम्दानी पनि गरिरहेका छन्।

हेटौंडा उपमहानगरपालिका-३, बसामाडीका ५४ वर्षीय सुदर्शन ढकाल दृष्टिविहीन हुन्। तर २७ वर्ष भयो, उनले छामेकै भरमा मोटरसाइकल मर्मत गर्दै आएका छन्। “केही समस्या स्टार्ट गरेपछि आवाजबाट पत्ता लाग्छ, केही छामेर पत्ता लाग्छ,” सुदर्शन भन्छन्।

स्टार्ट भएपछिको आवाजले नै कहाँ के बिग्रिएको भन्ने सजिलै थाहा पाउँछन् उनी। तर कुनै कुनै मोटरसाइकल चाहिं स्टार्ट नै नहुने समस्या भएर ल्याइएको हुन्छ। त्यस्तोमा भने फलामहरू छामेर समस्या पत्ता लगाउने गर्छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?