बिएल संवाददाता
काठमाडौं
मस्तिष्क मानव शरीरको महत्वपूर्ण अंग हो। मस्तिष्कले विचार, अनुभव, ज्ञान, और अन्य मानव गुणस्तरहरूको नियंत्रण गर्छ। जब ब्रेनले काम गदैन भने अरु अंगको महत्व पनि हुँदैन।
त्यही ब्रेनमा विभिन्न रोगहरु लाग्छन्। जसले हामीलाई मृत्युको मुखसम्म पुर्याइदिन्छन्।
त्यसैले ब्रेन ट्यूमर कस्तो रोग हो ? के कारणले लाग्छ? यसका लक्षण? कति खर्च लाग्छ ? बिएलकर्मी मिनु गोलेले इन्र्टभेन्सनल न्यूरोसर्जरी डा. प्रसन्ना कार्कीसँग कुराकानी गरेकी छन्। प्रस्तुत छ, डा.प्रसन्ना कार्कीसँगकोे कुराकानीमा आधारित सामाग्रीको सम्पादित अंशः
ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा मासुको पलाउने वा नरमल मस्तिष्कमा क्यान्सर सेलमा परिणत हुनेलाई ब्रेन ट्युमर भनिन्छ।
ब्रेन ट्यूमरका लक्षण विरामीको कुन भागको ब्रेनमा ट्यूमर पलाएको अनुसार लक्षण देखिन्छ। जस्तै आँखाको हेर्ने शक्ति कम हुने वा एउटा आँखा नदिखिने बोलीमा फरक आउने, अनुहारमा प्यालाइसिस हुने, गरिन्छ।
ट्यूमर विभिन्न ठाउँमा हुन्छ। टाउँको हडीमा मासु पलाएरदेखि बहिर भागमा हुने गर्छन्। ब्रेन ट्यूमर हुदाँ ब्रेनको सेल्सहरुलाई क्यान्सर हुँदै– बढ्दै जान्छ। यही कारणले विरामीलाई गाह्रो हुनी, बेस्सारी टाउँको दुख्ने, आँखा नदेखिने बेहोस हुने गर्छ।
ट्यूमर बशंणुगत पनि हुन्छ। विशेष गरी क्यान्सरस ट्यूमर भएको व्यक्रिले जन्माउने बच्चामा देखिने सम्भवान हुन्छ। यो रोग सानो ठूलो दुबै उमेरको समूहलाई हुर्ने गर्छन। ट्यूमर दुई किसिमको हुन्छ। नन् क्यान्सर र क्यान्सरस ट्यूमर। नन् क्यान्सरमा एक चोटी क्यान्सर निकालेपछि विरामी पछिसम्मलाई राम्रो गर्छ। कहिले पनि ट्यूमर नपलाउने हुन्छ। क्यान्सरस ट्यूमरमा काटेर फ्याकेपनि छ महिनामा पलाउने सम्भवना हुन्छ।
मेडिसिटी अस्पतालमा नयाँ मेसिन ल्याएको छ। न्यूरो इन्टर्रभेन्सनिस्ट बाट उपचार गर्दा अलि जोखिम कम गराउँछ। ट्यूमर हुनु भन्दा अगडि बाँच्नका लागि हामीले वर्षको स्क्रीनिङ गर्नुपर्छ। त्यसैले यामाराई गर्दा पनि पाँच वर्षसम्मलाई ढुक्का हुन्छ।
यसरी गरिन्छ उपचार कति खर्च लाग्छ ?
क्यान्सर ट्यूमर भएको विरामीलाई किमोथेरापि दिन्छ। यामाराई गदै उपचारक्रम अगडि ल्याउछौँ। नन् क्यान्सर ट्यूमरमा ओपन सर्जरी गर्दा अगडि नै एक लाख दिनुपर्छ।
दोस्रो ओपन सर्जरी गर्दा दुई लाख भने यदि आईसियूमा राख्नु पर्नेमा पाँच–छ लाख पर्ने आउँछ। यदि क्यान्सरस ट्यूमर छ, भने त्यसलाई किमोथेरापी रेडियासन दिदाँ अलि खर्च बढ्न सक्छ। मेडिसिटी अस्पतालका विनायक ट्यूमर एकदमै राम्रो छ।