बिएल संवाददाता
काठमाडौं
आ–आफ्नो शरीरको महत्वपूर्ण अंग हुन्छ। यस मध्यामा नाक कान घाँटी सबै भन्दा महत्वपूर्ण अगं हो। यी अगंले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्छ। नाक, कान, घाँटीले हाम्रो दैनिक जीवनमा कसरी मद्दत पुर्याउँछ भन्ने विचार गर्ने काम गरिन्छ।
नाक, कान, घाँटीमा पनि अंग अनुसार रोग लाग्छ। जस्तै नाकबाट निरन्तर पानी बग्नी, चिलाउनी,रगत बग्ने, घाँटीमा टन्सिल भइरहने, कान नसुन्ने, दुख्ने, जस्ता समस्या हुन्छन। यस्ता समस्यालाई हामीले हेलच्याक्र्याइँ गर्याे भने रोग बढ्नेसँगै मृत्यु हुने सम्भवान हुन्छ। हामीले समयमै सँगसँगै चेकजाँच गरी आफनो शरीरको ख्याल पनि गर्नुपर्छ।
त्यसैले यी विभिन्न रोगमा समस्याबाट कसरी छुटकार पाँउने ? के कस्ता रोग हुन्छ? बच्ने उपाय? लक्षण के हो?
त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जका नाक कान घाँटी तथा विशेषज्ञ डा.निरमाया थापासँग यसै विषयमा केन्द्रित रहेर बिएलकर्मी मिनु गोलेले कुराकानी गरेकाे अंश:
मान्छेहरुले नाक, कान, घाँटी भनेर यी तीन अगंलाई मात्रै बुझौँ तर, घाँटीदेखि लिएर टाउँकोसम्म नाक, कान, घाँटी अन्तरर्गत पर्छ। अंग अनुसार विभिन्न किसिम्मको रोग लाग्छन्।
नाकको समस्या, कान, घाँटीको समस्याहरु हुन्छन्। जस्तै नाकमा मासु पलाउने, वा क्यान्सर हुन सकिन्छ। कानमा पनि संक्रमाण भई कान पक्ने, दुख्ने, नसुनी, बहिरोपन हुन्छ। घाँटीको टन्सिल भनेको रोग होइन। रोग नभइकन यो एउटा अंग वा घाँटीको भाग हो। टन्सिल हुनु नरमल हो, तर टन्सिलमा संक्रमित भई संक्रमण हुनेलाई टन्सिलाइटिस हुनु राम्रो मानिदैन।
टन्सिलाइटिस नहुनी एलर्जी, ब्याक्टेरिया, भाइरल संक्रमण पनि हुन्छ। घाँटीको पछडिमा समस्या हुन सक्छ, त्यसैले घाँटी दुख्दैमा टन्सिल मात्रै हुँदैन। टन्सिल विभिन्न कारणले हुन्छ। उपचार पनि कस्तो खालको टन्सिल भन्ने पहिलो बुझनु जरुरी हुन्छ। जस्तै एलर्जी हुनु भने त्यही अनुसार उपचार हुन्छ।
यसबाट बच्ने उपाय भनेको खानपिनमा ध्यान गर्ने रहनसहनमा धूम्रापानमा सुपारी खैनी, जस्तालाई त्याग्ने त्यसपछि उपचार तर्फ लाग्छौँ। रोग अनुसार उपचार गरी औषधी दिन्छौँ। घरेलु उपचारमा बेसार पानी, नुनपानी, अदुवा पानीले केही हतसम्म उपचार वा निको हुन्छ। सकेसम्म डाक्टरको सल्लाहमा औषधी खाएको राम्रो हो।
धेरै जस्तो वातावरणका वा धुलोधुवाँका कारणले हुने गर्छ जस्तै गाउँ घारतिरको धुलो हामीले बिछ्याएको कार्पेटको स–सानो किरा धुलो हुन्छ, जुन हामीले देख्न सक्दैनौँ। कुकुर, बिरालो कारण नाक चिलाउने भइ पानी बग्ने वा हयाच्छु आउने समस्या हुन्छ।
नाकबाट घुर्ने भनेको मोटो छोटो मान्छेमा हुन्छ। रक्सी सेवन गर्ने मान्छेमा बढी देखिन्छ। भित्री कुनै कारणले पनि विभिन्न कारणले घुर्ने गरिन्छ। लगातार घुर्ने समस्या छ भने राम्रो होइन। किन भने घुर्दाखेरी लामो समयसम्म पाउँनु पर्ने अक्सिजन पाउँदैन यसबाट पनि पक्कै शरीरलाई प्रभाव परिरहेको हुन्छ। छ– सात वर्षको बच्चामा प्रयजस्तो टन्सिलको कारणले सांस फेर्न गाह्राकोे कारणले घुर्ने गरिन्छ।
कानको कानेगुजीलाई निकाल्नु राम्रो होइन। कानभित्रको ग्रन्थीले एक किसिमको पदार्थ उत्पदन गर्छ। त्यसलाई कानेगुजी भनिन्छ। कानेगुजी मान्छे पिछे फरक–फरक हुन्छ। जस्तै नरम वा गिलो कडा खालको हुन्छ। प्रत्येकदिन हाम्रो शरीरको कानबाट कानेगुजी बनिरहेको हुन्छ।
कानेगुजीले बहिरी चिजको फोहोर धुलोबाट बचाउँछ। कहिलेकाहीं लड्दा बाहिरी कानको जालीमा चोट लागे पनि कानेगुजी भएकै कारण कानको जालीभित्र चोट लाग्न दिंदैन। यदि कानेगुजी छ भने कानभित्र कीरा पसेमा जालीलाई धेरै क्षति गर्न सक्दैन।
कानको नली पुरै गुजीले भरिएको छ, भने नराम्रो हो। जस्तै कान चिलाउने डम्म हुनी, दुख्ने गरिन्छ। तर, त्यो गुजी हाई गर्दा खानेकुरा चपाउँदो आफै निस्कीन्छ। कानेगुजी धेरै भएमा धेरै जसोले तेल हाल्ने गछौँ यो राम्रो होइन। यदि कानमा किरा पसेमा मात्रै तेल हाल्न सकिन्छ। ती किरालाई तेलले मरिन्छ वा आफै निस्कीन्छ। यदि निस्कीएन भने सम्बन्धित चिकित्सकसँग गएर किरालाई निकाल्नु पर्छ।
कारण बीनाको तेल प्रयोग गर्दा बेफाइदा गर्छ। तेलले गुजीलाई लेदो बनाइ जालीमा टाँसेर असर गर्छ। सानो वा ठूलो व्यक्रिमा कानमा तेल हल्नु राम्रो चलन होइन। यसले मात्रै नभइ आज भोली विश्वमा टेक्नोलोजीको जमाना छ। यसले धेरैमा फाइदा र बेफाइदा पनि निम्ताएको छ।
टेक्नोलोजीबाट पनि एक किसिम्मको रेण निकाल्छ। धेरै मात्रमा वा लामो समयसम्म गीत सुन्दा कानको नाशहरु सुक्छन्। कान नसुन्ने समस्या हुन्छ। कम्तीमा एक घण्टा वा दुई घण्टा सुनेको राम्रो हो। पछिल्लो समयमा युवयुवातीहरुमा कान नसुन्ने यो एउटा कारण पनि हो।