शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकामा नेपालीको क्यापिटल हिल यात्रा अवरूद्ध, पछि परे डा. ह्यारी भण्डारी

News Image
• • •

अमेरिकाको मेरिल्याण्ड राज्यमा आज सम्पन्न प्राइमरी चुनावमा नेपाली उम्मेद्वार डा. ह्यारी भण्डारी पछाडि परेका छन्। उनी मेरिल्याण्डको कंग्रेसनल डिस्ट्रिक्ट २ बाट संघीय संसद सदस्यका लागि डेमोक्रेटिक उम्मेद्वारीका लागि चुनावी प्रतिस्पर्धामा थिए।

प्राप्त पछिल्लो मतगणनाअनुसार उनी प्रतिस्पर्धी जोन युभन्दा पछाडि परेका छन्। उनले जोन युलाई पछ्याइरहे पनि मतान्तर धेरै भएकाले अमेरिकी मिडियाहरूले जोन यु लाई सम्भावित विजेता घोषणा गरेका छन्। यो घोषणासँगै डा. भण्डारीको क्यापिटल हिल यात्रा यसपटकका लागि अवरूद्ध भएको छ।

डा. भण्डारीले मेरिल्याण्ड संसदमा प्रतिनिधित्व गरिरहेको क्षेत्रसमेत रहेको  मेरिल्याण्डको कंग्रेसनल डिस्ट्रिक्ट २ दुई दशकपछि ओपन सिट भएको थियो। उनले डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएर अमेरिकामा नेपालीको क्यापिटल हिल यात्राको सम्भावनाको ढोका घच्घचाएका थिए। तर, उनको यो पहिलो प्रयास सफल हुन सकेन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?