शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकी चुनाव २०२४ : आइवामा ट्रम्पले खोले जीतको खाता

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकामा डोनल्ड ट्रम्पले जीतको खाता खोलेको प्रक्षेपण गरिएको छ। सोमबार सम्पन्न आइवा रिपब्लिकन ककसको मतगणना सुरू गरेलगत्तै अग्रतालाई हेरेर मिडियाहरूले उनको विजय प्रक्षेपण गरेका हुन् ।

यो समाचार तयार पारिरहेको बेला ५ प्रतिशत मात्र मतगणना भएको छ। ट्रम्प ४९.७% मत पाएका छन् भने दोस्रो स्थानमा रहेका रन डिसान्तिसले २२.१% र तेस्रे स्थानमा रहेकी निकी हेलीले २०.८% मत प्राप्त गरेका छन्। विवेक रामास्वामी ६.९% मतका साथ चौथो स्थानमा रहेका छन् । 

९९ काउन्टी रहेको आइवाका सहरी क्षेत्रका काउन्टीको मतगणना भैरहेको छ। दोस्रो स्थानका लागि तीब्र प्रतिस्पर्धामा  रहेका डीसान्तिस र हेली दुबैले आफू दोस्रो हुने दावी गरिरहेका छन्। 

४० डेलिगेट्स रहेको आइवामा अहिलेको स्थितिमा ट्रम्पले १६ डेलिगेट पाउँछन् भने डिसान्तिस र हेलीले ४-४ डेलिगेट्स पाउँछन् । बाँकि तीन उम्मेद्वारले भने कुनै डेलिगेट्स प्राप्त गर्न सक्दैनन्।  

 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?