शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकामा ओली र आरजुको स्वागत कार्यक्रम नै रद्द !

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको  स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ ।

स्वागत तथा अन्तर्क्रिया कार्यक्रम  अमेरिकास्थित नेपाली कांग्रेस र नेकपा एमालेका भातृसंगठनले आव्हानमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र विभिन्न स्थानिय नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रम रहेको थियो ।  

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग फिने क्रममा शुक्रबारदेखि अमेरिकामा छन्  । परराष्ट्रमन्त्री डा. राणा देउबा क्यानाडा हुँदै शनिबार न्युयोर्क आएर प्रतिनिधि मण्डलमा सहभागी भएकी छन् । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?