'तल्लो बाटो'बाट अमेरिका आउने नेपालीको संख्यामा यो आर्थिक वर्षको पहिलो ६ महिनामै २,१७० पुगेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका पछिल्लो प्रतिवेदनमा यो आर्थिक वर्षको पहिलो छ महिनामा कुन महिना कति नेपाली तल्लो बाटोबाट अमेरिका आइपुगेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रतिवेदन अनुसार अक्टोबरमा ६१०, नोभेम्बरमा ५५० र डिस़ेम्बरमा ४२०, जनवरीमा २००, फेब्रुअरीमा २३० र मार्चमा १६० नेपाली तल्लो बाटो अमेरिका आइपुगेका हुन् । अमेरिकामा हरेक वर्षको अक्टोबरमा आर्थिक वर्ष सुरू हुन्छ र सेप्टेम्बरमा सकिन्छ ।
नेपालबाट विभिन्न देश भएर दक्षिण अमेरिकाका विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने बाटोलाई तल्लो बाटो भनिन्छ । यो बाटो मानव तस्करहरूले अवैध किसिमले मानिसहरूलाई अमेरिका पठाउन प्रयोग गर्ने एक बदनाम बाटो हो । यो बाटो भएर कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म मानव तस्करहरूलाई तिरेर नेपालीहरू अमेरिका आइपुग्छन् ।
पछिल्लो ६ महिनामा मात्र २,१६० नेपाली 'तल्लो बाटो'बाट अवैध किसिमले अमेरिका पसेका छन्।डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक भएको छ।यसरी आउने नेपालीहरूले मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म तिर्ने गरेका छन्।
यो आर्थिक वर्षको पहिलो ५ महिनामा अमेरिका आइपुगेका २,१६० नेपालीहरू पनि यही प्रक्रिया भएर अमेरिका आइपुगेका हुन् । तर, यो संख्या अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुको मात्र हो । लगभग यतिकै संख्यामा सीमा सुरक्षा गस्तीसँग जम्काभेट नभई अमेरिका छिर्ने गरेको अनुमान गरिन्छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१४ यता १० हजार चार सय ८० नेपालीहरू तल्लोबाटो भएर अमेरिका आएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०२२/२३ मा ३,१४० नेपालीहरु अमेरिका आइपुगे । यो संख्या एकै वर्ष तल्लो बाटोबाट अमेरिका आएको नेपालीको सबैभन्दा ठूलो संख्या हो । तर, आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामै २,१६० नेपालीहरू अमेरिका आइसकेकाले यही अनुपातमा नेपालीहरू आउने हो भने यो आर्थिक वर्षमा कीर्तिमानी संख्यामा तल्लो बाटो भएर नेपालीहरू अमेरिका आइपुग्नेछन् ।