बिहिबार, २१ अगस्ट २०२५

राष्ट्रपतिसँग बेलायती राजकुमार दम्पतीको भेट, ब्रिटिस गोर्खादेखि जलवायु परिवर्तनका विषयमा कुराकानी

नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गईरहेको उनले जानकारी दिए। साथै उनले महारानी एलिजाबेथ द्वितीय र  राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको स्वीकारोक्ति- दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको ‘जिएसपी’ प्रमाणपत्र, दीर्घरोगीका लागि औषधि उत्पादन गर्ने उद्देश्य

नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलायती राजकुमार दम्पती विमानस्थलबाट सोझै लैनचौर, राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्दै

एक हप्ताको नेपाल बसाईंका क्रममा उनीहरू पोखराको ब्रिटिस गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूतावासले जनाएको छ। उनीहरू २७ गते साँझ स्वदेश फर्किने तालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोही बिरामी नहोउन् भनेर सरकारले प्रयास गरिरहेको छः प्रधानमन्त्री ओली

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं आइपुगे बेलायती राजकुमार

बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्।मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।  भारत भ्रमण सकेर काठमाडौं आएका उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविसहित २१ व्यक्ति र कम्पनीविरुद्ध चितवनमा मुद्दा दर्ता

चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार रविसहित १५ व्यक्ति तथा गोर्खा मिडिया प्रालि र साहारा बचतसहित ६ वटा संस्थाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

थाइल्याण्डविरुद्ध नेपालले पायो १०७ रनको लक्ष्य

थाइल्याण्डका लागि चनिदा सुथिरुआङले सर्वाधिक २७ रनको योगदान दिइन्। त्यस्तै थिपाट्चा पुथावोङले २५ रन बनाउँदा नानापाट कोंचारोन्काईले १९ रन बनाइन्। त्यस्तै अफिसारा सुवानचोंराथीले १७ रन तथा नाटाया बुचाथामले १० रनको योगदान दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको प्रशंसा गर्दै देउवा, भन्छन्- सँगै जेल बसेका हौं, सरकारको स्थायित्व स्पष्ट छ

उनले मुख्य प्रतिस्पर्धी दलसँगै मिलेर सरकार बनाउँनुपर्दा केही समस्या पनि आउनसक्ने हुँदा मिलेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले मुलुकमा स्थिरता भयो भने मात्र विकास हुने दाबी गर्दै अहिले हुनुपर्ने जति विकास नभएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीबाट एचपीभी खोप अभियान शुभारम्भ

विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पछि परेका जातजातिका क्षेत्रमा काम गर्न सभामुखको सुझाव

उनले जातजतिका विशेषताहरूलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि भएको बताए। साथै सबै क्षेत्रहरूमा सबै जातिहरूलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए। उनले सबै जातजातिका संस्कृतिहरूले समाज समृद्ध बनाउनमा मद्दत पुर्‍याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार विवाद- गृहमन्त्रीसँग कांग्रेस कोशीका १४ जिल्ला सभापतिको छलफल

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए। ‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजबाट एचपीभी खोप अभियान सुरु, १७ लाख किशोरीलाई खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो। अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तातोपानी कुण्डमा प्रचण्डको मर्निङवाक, बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी

तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे। यसका लागि पटक पटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरमा प्रारम्भिक बाल विकास कक्षाः एकै दिन ९७१ जना भर्ना

काठमाडौँ महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन्। माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन्।  यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन्। महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पादक बोहरामाथि आक्रमण, पत्रकार महासंघको भर्त्सना

नेपाल पत्रकार महासंघले पालिकासमय डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात व्यक्तिबाट भएको आक्रमणको भर्त्सना गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हर्कत प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चित नेपाली सेफद्धारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५औँ वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ। पोर्चुगिज चलचित्र निर्देशक टियागो पी.डे. कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ। पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयम् प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्चुगलमा

आज तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार तीन वटा संसदीय समितिकोे बैठक बस्दैछ।  जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक  दिनको १ बजे बस्दै छ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दैछ। बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दैछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामीबीच मतभेद बिर्सेर एकता भयो भने कांग्रेसले बहुमत ल्याउँछ : सभापति देउवा

उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए। पार्टीलाई हाक्ने र बनाउने भोलिका नेताहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

नारदेश्वर महादेव मन्दिर र इकुहिटी फल्चाकाे पुनर्निर्माण कार्यकाे समुद्घाटन

हरेक वर्ष वि.सं अनुसार माघ शुक्ल पञ्चमी तथा ने.सं अनुसार सिल्लाथ्व पञ्चमी तिथिलाई श्री पञ्चमीको रुपमा लिने गरिन्छ। जनविश्वास अनुसार यसै तिथिबाट चिसो र तुसारो कम हुँदै जाने र बोटबिरुवामा नयाँ पलुवा लाग्न थाली वसन्त सुरु हुने भएकोले यस तिथिलाई वसन्त पञ्चमीको नामले पनि चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर