बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढे यही व्यवस्थामै पार्टीले बहुमत ल्याउन सक्ने बताएका छन्।
सोमबार पोखरामा आयोजित प्रदेश सभापतिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएका चुनौतीको सामना गर्न पनि एक भएर अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हामीले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर सबै साथिहरु लाग्ने हो भने हाम्रो पार्टीले बहुमत प्राप्त गर्न सक्छ। पार्टीमा एकता जरुरी छ, सबैलाई साथमा लिएर हिँड्न जरुरी छ। अहिलेको चुनौतीको सामना गर्न पनि एक हुनुपर्ने। हाम्रो देशमा सुन्दर राजनीति छ। समानुपातिक र समावेशी छ। यो उत्तम व्यवस्था हो।’
त्यस्तै उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए। पार्टीलाई हाक्ने र बनाउने भोलिका नेताहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ।
उनले भने, ‘वास्तबमा यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ। तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं। त्यसका बाबजुत भोलिका दिनमा हामीहरू बहुमत ल्याउन सक्ने पार्टी बन्न सकिन्छ। त्यसकारण भोलिका नेताहरू, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया