बिएल संवाददाता
मंगलबार तीन वटा संसदीय समितिकोे बैठक बस्दैछ।
जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १ बजे बस्दै छ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दैछ। बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दैछ।
नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बैठको कार्यसुचि रहेको छ।
यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ।
बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित माननीय मन्त्रीहरुसँग छलफल गरिनेछ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया