बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन्।
म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सन्जाल फेसबुक पेजमा उक्त भिडियो पोस्ट गरेका छन्। सो क्रममा बोल्दै उनले कही बर्षअघि आफू धर्मपत्नी र केही मन्त्रीहरूको साथमा तातोपानी कुण्ड आएको स्मरण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए। त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन।
तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे। यसका लागि पटक पटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए।
उनका अनुसार यो बहुवर्षीय योजना भएकाले अब बन्ने पक्का भएको हो। तातोपानी कुण्डका पदाधिकारीले बर्षातको समय आउनसक्ने बाढी र क्षति न्युनीकरणका बारेमा जानकारी गराएका थिए।
अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया