बिएल संवाददाता
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यकः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए।
उनले नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर ‘कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीयरुपमा उपचारको प्रबन्ध होस्’ भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना खाएर स्वस्थ्य रहन सबैमा आग्रह गरे।
उनले उच्चमनोबल र साझा प्रयासबाट कोभिड-१९ को महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित नहुन् भन्ने कामना गरे।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन भएको छ। देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन थालिएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया